एनआरएनएले दियो भरतपुरलाई व्यक्तिगत सुरक्षा सामग्री

प्रकाशित मिति:

चितवन । गैरआवासीय नेपाली सङ्घ एनआरएनएका तर्फबाट भरतपुर महानगरलाई स्वास्थ्यसँग सम्बन्धित व्यक्तिगत सुरक्षालगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ ।

एनआरएनएका सहकोषाध्यक्ष लोकप्रसाद दाहालको पहलमा सचिव गौरी जोशी अमेरिका र आरके शर्मा कतारका तर्फबाट महानगरलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको हो । ती सामग्री सात लाख ३३ हजार बराबरका छन् ।