अर्जुन कपुरसंग विवाह गर्ने भईन् मलाइकाले

प्रकाशित मिति:

आइटम गर्ल मलाइका अरोडाले अरबाज खानसँग सम्बन्ध विच्छेद गरेको एक वर्ष नाघिसकेको छ । हालै मात्र दिएको अन्तर्वार्तामा उनले अरबाजसँग सम्बन्ध विच्छेद गरेपछि आफू पहिलेभन्दा धेरै खुशी भएको बताएकी छिन् ।

मलाइकाले आफूले पहिलेभन्दा धेरै शान्ति र सहज महसुस गरेको बताएकी छिन् । उता अरबाजले हालैमात्र एउटा कार्यक्रममा बोल्दै आफूले विगत २१ वर्षदेखि नै सम्बन्धलाई राम्रो बनाएर अघि बढ्ने प्रयास गरेको तर आफू यो प्रयासमा असफल रहेको बताएका छन् । मलाइका र अरबाजले ५ वर्षको प्रेमपछि सन् १९९८ मा विवाह गरेका थिए । उनीहरु २०१६ देखि अलग बस्न थाले र अन्तत २०१७ मा उनीहरुको सम्बन्ध टुंगियो । सम्बन्ध विच्छेदपछि मलाइका र अरबाजका छोरा अरहान मलाइकासँग बस्छन् । छोराकै कारण सम्बन्ध विच्छेदपछि पनि मलाइकालाई अरबाज र उनको परिवारसँग देखिन्छ ।

मलाइका र अरबाजको सम्बन्ध विच्छेद हुनुमा मलाइकाको अभिनेता अर्जुन कपूरसँगको अफेयर भएको बताइन्छ । हुन पनि अरबाजसँग सम्बन्ध विच्छेद भएपछि मलाइका र अर्जुनको भेटघाट र घुमघाम बाक्लिएको छ । उनीहरुले छिट्टै विवाह गर्ने खबरहरु पनि यतिबेला भारतीय सञ्चार माध्ययमहरुले प्रकाशित गरिरहेका छन् । तर यस विषयमा उनीहरुको भनाई भने सार्वजनिक भएको छैन ।