प्रहरीद्धारा २४ वटा चोरीका मोटरसाइकल सार्वजनिक

प्रकाशित मिति:

चितवन प्रहरीले २४ वटा चोरीको मोटरसाईकल एक साथ सार्वजनिक गरेको छ । प्रहरीले बढाएको सक्रियताका कारण ३ महिनाको अवधीमा पूर्वी चितवनको रत्ननगरबाट नियन्त्रणमा लिएको चोरीको मोटरसासार्इकल सार्वजनिक गरेको हो ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीँमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ९डिएसपी० दयानिधि ज्ञवालीले विशेष चेकिङ्गको क्रममा र सुराकीका आधारमा वरामद गरेको जानकारी दिए । उनले भने ‘यहाँ विविध अपराधिक क्रियाकलापसगैँ चोरी घटना वृद्धि भएको गुनासोको आधारमा विशेष प्रहरी अप्रेशन चलाउदा यस्तो भेटिएको हो।’

रत्ननगर टाडीँको क्षेत्रमा पर्ने कालिका नगरपालिकाको पदमपुर, जुटपानी, शक्तिखोर र राजमार्गका विभिन्न स्थानमा चेकजाचँ गर्दा बजाज व्राण्डका पल्सर मोटरसाईकलहरु बढी चोरीका भेटिएको उनले बताए ।