शसस्त्र प्रहरीलाई हराउंदै र्गोखा ब्वाईज पाचौं माउण्ट स्टार नक आउट को सेमिफाईनलमा प्रवेश
बुटवलको नहरपुरमा जारी पाचौ माउण्ट स्टार नक आउट फुटबल प्रतियोगितामा गोर्खा ब्वाईज क्लब बुटवल विजयी हुदै सेमीफाईनलमा प्रवेश गरेको छ । नहरपुर मावि खेलमैदानमा बुधबार भएको क्वाटरफाईनल खेलमा विभागिय टिम शसस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गोर्खा ब्वाईज सेमीफाईनलमा स्थान पक्का गरेको हो ।
गोर्खाको जितमा एकमात्र गोल नानाले गरेका थिए । खेलको ७३ औ मिनेटमा दिपेशजंग थापाको क्रसमा नानाले उत्कृष्ट गोल गरेका थिए । खेलमा गोर्खाका निशान्त न्यौपाने म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
प्रतियोगिताको विहिबार सेभेन स्टार बेलभरिया र आयोजक माउण्ट स्टार क्लबका बिचमा खेल हुने संयोजक बिनोद गौतम क्षेत्रीले बताए । प्रतियोगितामा उपाधिका लागि काठमाण्डौ, नवलपरासी, मकवानपुर, चितवन, कपिलबस्तुसहित रुपन्देही १६ वटा टिमले भाग लिएका छन ।










