बलिउड अभिनेता अनुपम खेरले बुधबार भारतीय फिल्म एण्ड टेलिभिजन संस्थान एफटीआईआई को अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।
अनुपम खेरले आफ्नो राजीनामा सूचना एवं प्रसारण मन्त्री राज्यवर्धन सिंह राठौरलाई दिएका छन् । मन्त्री राठौरले अनुपमको राजीनामा स्वीकृत गरेका छन् । राठौरले खेरले अध्यक्ष पदमा गरेको कामको प्रशंसा गर्दै धन्यवाद दिएका छन् ।
अनुपमले राजीनामा पत्रमा अन्तर्राष्ट्रीय प्रोजेक्टमा व्यस्तताका कारण संस्थान प्रतिको जिम्मेवारी पुरा गर्न नसक्ने हुदा राजीनामा पेश गरेको छुु लेखेका छन् । उनले पत्रमा एफटीआईआईको अध्यक्ष पद मेरा लागि सम्मानको बिषय रहेको र पदमा रहँदा मैले धेरै कुरा सिक्ने अवसर पाएको छुु उल्लेख गरेका छन् ।













