होटल भित्र फेला परेको चितुवा मर्यो

प्रकाशित मिति:

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको सुदीप होटल भित्र फेला परेको चितुवा मरेको छ । चितुवाले कुकुरलाई आक्रमण गर्ने क्रममा स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवा सुदिप होटेल भित्र छिरेको थियो । होटल भित्र चितुवा पसेको खबर पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोली सुदिप होटेलमा पुगेर चितुवा नियन्त्रणमा लिई जिल्ला वन कार्यालय अर्घाखाँचीलाई बुझाएको थियो । चितुवालाई नियन्त्रणमा लिनका लागि छोप्ने क्रममा घाइते भएको थियो । घाइते अवस्थामा जिल्ला वन कार्यलयमा पुगेको चितुवा मंगलबार राति नै मरेको सहायक जिल्ला वन अधिकृत शिला पोख्रेलले बताउनुभयो ।