प्रकाश न्यौपाने ।
जेष्ठ २१ गते ।
नवलपरासी । पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा कर्मचारीहरुको १ लाख रकम बराबरको कोरोना बीमा गरेको छ । संस्थामा कार्यरत ९ जना कर्मचारीहरुको कोरोना बीमा गरीएको संस्थाका अध्यक्ष माधव श्रेष्ठले जानकारी दिनु भयो । जनरल इन्स्योरेन्स कम्पनी शाखा कार्यालय, पश्चिम नवलपरासीमार्फत कोरोेना बीमा गरिएको हो । कोरोना परीक्षण गर्दा कुनै पनि व्यक्तिको पीसीआर पोजेटिभ रिपोर्ट आए बीमा रकम उपलब्ध हुने बीमा कम्पनीका शाखा प्रबन्धक नारायण न्यौपानेले जानकारी दिए ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गइरहेको समयमा संस्थामा कार्यरत सम्पुणर् कर्मचारीहरुलाई मनोबल उच्च बनाउन र आफ्नो कार्यप्रति उत्साहित बनाउन कोरोना बीमा गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।









