प्रकाश न्यौपाने
जेष्ठ २२ गते ।
नवलपरासी । रक्तदान जीवन दान भन्ने मुल नारा सहीत आज नेपाल रेडक्रस सोसाइटी पञ्चनगर उपशाखाको आयोजनामा एक कार्यक्रमका बिच रक्तदान कायक्रम बर्दघाट ९ भुताहामा सम्पन्न भएको छ । जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको आर्थिक सहयोगमा आयोजित रक्त दान कार्यक्रममा १७ जना स्थानियहरुले रक्तदान गरेको सोसाइटीका अध्यक्ष तारा बहादुर पाण्डे क्षेत्रीले बताउनु भयो । उहाका अनुसार रेडक्रस सोसाइटी पञ्चनगरले नियमित रुपमा गर्ने रक्तदान कार्यक्रम अहीलेको विषम परीस्थितिमा पनि रगतको कमी नहोस आयोजना गरीएको बताउनु भयो ।

रक्तदान गर्ने व्यक्तिलाई फ्रुटि, अण्डा र फलफुल प्रदान गरीएको थियो । रक्तदान कार्यक्रममा माक्स र सेनेटाइजरको प्रयोग गरी सुरक्षित रुपमा गरीएको थियो ।









