
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निरंतर नि:शुल्क खाद्यन्न वितरण कार्यक्रम दशौँ पटक सन्निसाईडमा सम्पन्न।
अमेरीका । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क पेय पदार्थ- सफ्ट ड्रिंक्स(Brisk Iced Tea) वितरण कार्यक्रम आज सोमवार, जुन ८, २०२० बेलुका न्युयोर्कको सन्निसाईडमा स्थित ग्रिन तारा ग्रोसरि अगाडि बाट सम्पन्न भयो। Dominico American Society of Queens संस्था का कार्यकारी निर्देशक Jose’ Tejada सँग सहकार्य गरी निशुल्क वितरण गरिएको हो।
वहाँ ले यसै फाउण्डेशन लाई १२०० वटा बत्तल ब्रिस्क आइस टि-प्रतेक १लिटर को बत्तल सहयोग स्वरुप प्रधान गर्नु भएको छ र नेपाली लगाएत सबै समुदायका २०० जना लाई ४५० वटा ब्रिस्क आइस टि र ग्रिन तारा ग्रोसरिका प्रोप्राइटर सहदेव खडकाले ३० केस फ्रुट्स ओर्गानिक योगर्ट-प्रतेक केसमा ८ वटा साना बक्स गरि जम्मा २४० बक्स सहयोग स्वरुप प्रधान गर्नु भएको पनि आजै लाईन अनुसार सामाजिक दुरी मा क्रमश: वितरण गरेको जानकारी यसै फाउण्डेशन का अध्यक्ष सोमनाथ घिमिरेले दिनु भयो। बाँकी रहेको ब्रिस्क आइस टि भोलि, मंगलवार बेलुका ४ बजे ज्याक्सन हाईट्सको डाईभरसिटि प्लाजा वाट वितरण गरिने छ।
आज फाउण्डेशनको दशौँ पटक नि:शुल्क खाद्यन्न वितरण कार्यक्रममा तन,मन र वचन दिएर खटनेहरुमा उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सिम्खडा,केन्द्रीय सदस्य एवं वरिष्ठ लोक गायक बिमल डाँगी, स्वयंसेवकहरू क्रमशः टंक खडका, कलाकार द्वय मधुर गिरि र पुष्कर बराल, रबिन बिडारि लगाएत हुनुहुन्थीयो। गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले Dominico American Society of Queens संस्था का कार्यकारी निर्देशक Jose’ Tejada, नेत्री Yanna Henriquez र सहदेव खड्का लाई धन्यवादसहित आभार व्यक्त गर्दछ।