ट्याक्सी तिनाउ खोलामा खस्यो

प्रकाशित मिति:

बुटवल । बुटवलबाट पाल्पातर्फ जांदै गरेको ट्याक्सी सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुर्घटना भएको छ । शुक्रवार दिउसो ३ बजे पाल्पाको तिनाउ गाउंपालिका स्थीत माथिल्लो सिद्धबाबा नजिकैबाट तिनाउ खोलामा खसेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले लु १ ज ४०९३ नं। को उक्त ट्याक्सी दुर्घटना हुंदा ट्याक्सी चालक ओमप्रकाश अर्याल घाईते भएको जानकारी दिए । चालकको ठेगाना भने खुलेको छैन । घाईते अर्यालको अवस्था गम्भिर रहेको र उनको उद्धार गरि उपचारको लागि अस्पताल पठाईएको पाण्डेले जानकारी दिए ।पावरन्युज नेपाल वाट साभार