शिव डुम्रे बुटवल असोज १५ ।
नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले जिल्लाको सैनामैना नगरपालिकामा रहेको सहिद परिवार तुल्सा पाण्डेको खेतमा धान काटेर श्रमदान गरेको छ । नेकपा रुपन्देहीले बुधवार जिल्लाको अभियान अन्तर्गत धान काटेर श्रमदान गरेको हो । श्रमदान कार्यक्रममा जिल्ला इन्चार्ज संगम लगायत जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जनयुद्धको क्रममा तुल्सा पाण्डेका एक छोरा दुर्गा पाण्डे (विवेक) सहिद र एक छोरा युवराज पाण्डे (किरण) बेपत्ता भएका थिए । नेकपाले सहिद, घाइते तथा वेपत्ता परिवारलाई विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गरेर सहयोग गर्दै आइरहेको जिल्ला इन्चार्ज संगमले बताए । रुपन्देहीमा जनयुद्धको क्रममा सहदात प्राप्त गर्ने सहिदहरुको संख्या झण्डै ६९ जना रहेको छ । सहिद सप्ताहको सन्दर्भमा नेकपा रुपन्देहीले सम्मान समेत गर्दै आएको छ । यसैगरी अन्य सहिद परिवारको मा पनि भेटघाट तथा श्रमदान गरेर आफ्नो अभियानको बारेमा सहिद, बेपत्ता परिवारसँग भेटघाटसँग छलफल गर्ने तयारी रहेको नेकपाले जनाएको छ ।












