आवेशमा नसम्हालिँदा पदै चट , टेवल ठोकेर मुख्यमन्त्री झपार्ने मन्त्री स्थापितलाई बर्खास्तगी को झापड
काठमाण्डौ कात्तिक १६ / प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा विकास विकास मन्त्री केशव स्थापित शुक्रबार पदबाट बर्खास्त गरेका छन्।
स्थापितलाई संविधानको धारा १ सय ६९ को उपारा २ (ख) बमोजिम बर्खास्त गरिएको हो मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ। स्थापितलाई बर्खास्त गरेसँगै अब त्यो मन्त्रालय मुख्यमन्त्री आफैले सम्हाल्नेछन् ।
बुधबारको मन्त्रिपरिषद बैठकमा स्थापितले पौडेललाई गालीगलौज र दुर्व्यवहार गरेका थिए। आफूलाई मुख छोडेर गाली गरेपछि मुख्यमन्त्री पौडेल यसबारे प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत अन्य नेताहरूसँग कुरा गर्न काठमाडौं आएका थिए। पौडेलले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालमै पुगेर स्थापितसँग आफुले काम गर्न नसक्ने बताएका थिए ।
स्थापितलाई काठमाडौं महानगरको मेयर भएको समयमा यौन दुर्व्यवहारको गरेको मि टु अभियान मार्फत आरोप समेत लगाएकाछन् । त्यसको बारेमा समेत स्पष्टिकरण सोध्ने हल्ला चले पनि त्यस अगावै उनी बर्खास्त भए पछि उक्त कुराले प्रमुखता नपाए पनि यसको प्रभाव पनि कुनै न कुनै कोणबाट भएको हुन सक्ने अनुमानहरु हुन थालेका छन् ।













