धकधईमा सेवा  प्रदायक र सेवाग्राही बीच शुशासन तथा भ्रष्टाचार सम्बन्धि अन्तरक्रिया कार्यक्रम  सम्पन्न

प्रकाशित मिति:

धकधईमा सेवा  प्रदायक र सेवाग्राही बीच शुशासन तथा भ्रष्टाचार सम्बन्धि अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । एबीसी नेपालको आयोजना तथा स्ट्रोस फाउण्डेशनको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा स्थानीयहरुले समस्याहरुको बारेमा अवगत गराएका थिए ।
स्थानीयवासीहरु सिसम चौधरी, दिनेश कुमार मौर्य, विश्वनाथ घर्ती लगायतले बोल्दै स्वास्थ्यचौकीमा निःशुल्क रुपमा पाइने औषधी उपलब्ध गराइनुपर्ने, योजना तर्जुमा बैठकहरुमा किशोरकिशोरीहरुलाई पनि सहभागी गराउनुपर्ने, गाउँघरमा सामाजिक विकृतिको रुपमा रहेको जुवातासलाई नियन्त्रण गर्नुपर्ने, अनुदानमा पाइने कृषि सामाग्री वितरण कार्यलाई पारदर्शी बनाउनुपर्ने लगायतका माग राखेका थिए ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकाले एक वर्षको लागि १५ लाखको औषधी खरीद गरेको बताए । उनले बालबालिकाको लागि एकमुष्ट १८ लाख बजेट छुट्याइएको जानकारी दिए ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले वडावासीको समस्यालाई कसरी सहजीकरण गर्न सकिन्छ, त्यसबारे सुझाव आउनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरी, पशु शाखा प्रमुख ओमप्रकाश ठाकुर, महिला विकास संयोजक जमुना शर्मा, कृषि शाखा प्रतिनिधि सुनिल कुमार यादव, श्री रामनरेश यादव आदर्श मा.वि.का प्राचार्य रामजीत चौधरी, जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक लक्ष्मी जि.सी., रोहिणी–३ का वडा सचिव खगराज उपाध्याय लगायतले बोलेका थिए ।