नेपाल भारत मैत्री संघको शुभकामना आदान प्रदान

प्रकाशित मिति:

भैरहवा, १९ कार्तिक । नेपाल भारत मैत्री संघ उपशाखा कार्यालय धकधईले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । रोहिणी गाउँपालिका वडा नम्बर २ मा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले नेपाल र भारत बिच रोटी बेटी मात्र नभई धार्मिक र ऐतिहासिक सम्बन्ध समेत रहेको बताए । उनले नेपाल र भारतको सम्बन्ध आज देखी नभई पहिले देखी नै चलिआएको हुदा दुवै तर्फका अधिकांश पर्वहरुमा समेत समानता देखिएको जिकिर गरे । कार्यक्रममा बोल्दै यादवले तिहार, छठ लगायतको पर्वहरु सौम्यतापूर्वक मनाउन आग्रह समेत गरे । उनले मधेश बाहुल्य क्षेत्रमा तिहारको महत्व नै बेग्लै रहने हुदा यसलाई भडकिलो गरि नमाउन आग्रह गरे । नेपाल भारत मैत्री संघ उपशाखा कार्यालय धकधईका अध्यक्ष बेचन प्रसाद गुप्ताले संघले नेपाल र भारतका बिभिन्न क्षेत्रमा सेतुको काम गर्ने गरेको बताए । उनले दुवै देशका नागरिकहरुको भलो लाई ध्यानमा राख्दै संघले समय समयमा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको बताए । नेपाल भारत मैत्री संघ उपशाखा कार्यालय धकधईका अध्यक्ष बेचन प्रसाद गुप्ताको अध्यक्षता, गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रोहिणी गाउपालिकाका प्रवक्ता एवम वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डे, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्री, ५ का वडा अध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का वडा अध्यक्ष ईन्द्रमान चौधरी नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासु रिजाल, धकधई सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रदिप कुमार पाण्डे, राप्रपाका केन्द्रिय सदस्य ताहीर अली लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सई मोहम्मद पठानले गरेका थिए ।