गुल्मीको ह्वाक्ने छहरा पर्यटकिय गन्तब्य बन्दै

प्रकाशित मिति:

दिपेन्द्र खत्री – २६ असार, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको ह्वाक्ने छहरा पर्यटकिय गन्तब्य बन्दै गएको छ।उक्त छहरा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वरस्१० मा अबस्थित छ।उक्त छहरा  उक्त छहरा गत वर्षको भदौ–असोजमा मात्रै बग्न सुरु हुन्थ्यो,तर यो बर्ष चाहिँ अविरल बर्षाका कारण असार मै वग्न थालेको हो।उक्त छहरा स्वरुप परिवर्तन भएपछि नागरिकको आकर्षणको केन्द्र बनेको हो ।बर्खा सुरु भएसंगै वर्षा धेरै मात्रामा परेको छ,जस्ले गर्दा पानीको सतह बढेपछि छहराको सुन्दर दृश्य बनेको छ ।

सदरमुकाम तम्घास वाट अबलोकन गर्न करिब ५ कि,मी को दुरीमा रहेको उक्त छहरा तम्घास–रिडी सडक खण्डको नजिकै रहेकाले पनि धेरैको नजरमा पर्दछ । गत बर्ष यो समयमा सुख्खा रहने छहरा यस वर्ष असार १५ अघि नै बग्न थालेको छ,जस्ले गर्दा मानिसहरु अवलोकनको लागि दैनीक बड्दै गएको स्थानीय को भनाई छ । उनीहरु छहरालाई पृष्ठभूमिमा राखेर फोटो खिच्ने गर्दछन् ।