द डाइनमिक ग्रुप स्थापना सँगै पहिलो चाटर्ड डे

प्रकाशित मिति:

बुटवल । द डाइनामिक ग्रुप बुटवल ले आफ्नो पहिलो चाटर्ड डे तथा इन्टालेशन कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको एसिएन बिर्यानी हाउसमा एक कार्यक्रमको आयोजना गरि नयाँ सदस्य थप साथै आवद्ध सबै सदस्यलाई स्वागत गरिएको हो । कार्यक्रममा रोटरी क्लव अफ बुटवल डाउनटाउन पोलियो चियर पर्शन तथा रुपन्देही फ्याक्सन इन्चार्ज राजेन्द्र ढकालको प्रमुख आथित्यता रहेको थियो भने विशिष्ट अथितिको रुपमा प्रदेश नं. ५ का चिकित्सा प्रतिनिधि दिवाकर पौडेल र अथिति हरुमा जिवन शर्मा,माधव अर्याल लगाएतको उपस्थिती रहको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति ढकालले गु्रप स्थापनाले आफुलाई निक्कै खुसी लागेको र गु्रपमा आवद्ध सबै सदस्यलाई बधाई दिदै उज्ज्वल भविश्यको लागि शुभकाना व्यक्त गरेका थिए । उनले, आगामी दिनमा सामाजिक कार्यमा फरक ढंगले प्रस्तुत हुँदै थप रचनात्मक कार्यहरुका साथै व्यक्तित्व विकास, लाइफ चेन्जिङ्ग लगाएतका कार्यक्रम गर्दै समाजमा छुट्टै पहिचान बनाउन सक्ने ग्रुपको रुपमा विकशित गर्नुपर्नेमा जोड दिएका थिए । वर्तमान अवस्थामा चलिरहेका विभिन्न ग्रुप तथा क्लबहरुले गर्ने कार्यक्रमको शैली एउटै भएको हुँदा त्यो शैलिलाई बदल्दै फरक खालको कार्यक्रमहरु गर्नको लागि ग्रुपलाई सुझाव दिएका थिए साथै कुनै समस्या परेको खण्डमा आफुले अभिभावकको भूमिका निर्वाह गर्न तयार रहेको बताउदै आगामी दिनमा नेपाल सरकार सँग मिलेर कुनै कार्यक्रम गर्नु परेमा पुर्ण सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

त्यसैगरी विशिष्ट अथिति दिवाकर पौडेल लगाएत सबै अथितिले गु्रप स्थापना भएकोमा बधाई दिदै आगामी दिनमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए । पहिलो चरणमा डाइनामिक गु्रपका अध्यक्ष सौरभ रेग्मी, प्रबन्ध निर्देशक श्रेर्यन आचार्य, पब्लीक रिलेसन म्यानेजर गणेश बस्याल र निर्देशक परिवेश जि.सि. ले स्थापना गरेको गु्रपमा हाल २१ सदस्य थप पश्चात सदस्य सङ्ख्या २५ पुगेको छ । प्रबन्ध निर्देशक श्रेर्यन आचार्यले, आगामि एक वर्षमा सदस्य सङ्ख्या बढाई १५० भन्दा बढी पुर्याउने र सामाजिक क्षेत्रमा क्रियाशिल भई विभिन्न रचात्मक कार्यहरु गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रम गु्रपका अध्यक्ष सौरभ रेग्मीको सभापतित्व र सुवेक्षा पराजुली को सञ्चालनमा सम्पन्न भएको थियो ।