गुल्मीमा लक्ष्मी पुजा

प्रकाशित मिति:

अर्जुन भण्डारी गुल्मी । यमपन्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मी को पुजाआजा गर्दै आज गुल्मी लगायत देशै भरी लक्ष्मीपुजा गरिएको छ । आजैका दिन देखि घर, आगन ,चोकहरुमा दिपावली गरि विभिन्न क्लब ,आमा समुह ,लगायत संघ संस्थाहरु मिली देउसी भैलो खेल्ने प्रचलन पनि रहेको छ । यसरी देउसी भैलो खेली जम्मा गरिएको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्ने बताएतापनि पछिल्लो समय यसरी सङ्कलित पैसा भ्रमण, वनभोज लगायत मनोरञ्जनका कार्यमा खर्च गर्ने गरेको तितो यथार्थ हामी माझ रहेको छ। गुल्मीका धुर्कोट, मदाने, मालिका, ईश्मा गाउँपालिका, रेसुङ्गा , मुसिकोट नगरपालिका लगायत जिल्लाका विभिन्न स्थानहरूमा तिहारको लागि विभिन्न प्रकारका सेल, ठोकने, झिलङ्गा, अनरशा , फिनी , अर्सा, रोटिहरु पकाउने साथै भदौमा पाकेर स्याहारेको काक्राको अचार बनाउने विभिन्न उमेर समुहका ब्यक्तिहरु समूह बनाई देउसी भैलो खेल्ने कार्यमा व्यस्त देखिन थालेका छन। दिपावलीको तयारीको साथै केही किसानहरु आकशतर्फ हेर्दै अशिना पानी नपरोस भनि खेतमा लहलह पाकेको धान भित्राउने चटारोमा व्यस्त देखिन्छन भने धान भित्राएका कृषकहरू हिउँदे खेति आलु ,तोरी ,गहुँ ,आलस आदि लगाउने कार्यमा व्यस्त रहेका देखिन्छन् । माईत आएका चेलिबेटी हरुभने तिहारमा दाजुभाईहरुलाई दिनको लागि विभिन्न परिकार एवं रोटि वनाउने उपहार किन्ने फुलमाला तयार गर्ने कार्यमा ब्यस्त रहेका छन् । यसबर्ष गुल्मिको सदरमुकाम तम्घासमा समेत फुलमालाको व्यपार राम्रो रहेको ग्रामिण भेगबाट आएका एक माला व्यपारिले बताए।