स्याङ्जा – स्याङ्जा जिल्ला कालीगण्डकी गाउँ पालिका वडा नम्बर २ तथा साबिक कारिकोट गाबिस १ छेबोग्घा माइत भै हाल सत्यवती गाउँ पालिका २ चेहेमि निवासी ३८ बर्षिय यम कला सिङ्गजाली गाहाको दुबै मृगौला फेल भएको कारण डेढ महिना देखि युनिभर्सल मेडिकल कलेज भैरहवामा नियमित डाइलोसिस गर्दै आउनु भएको छ।
उपचारको लागि सहयोग स्वरुप रु ७६,५३० उहाँको छोरी आस्मा सिङ्गजालीलाई लाफा समूह बुटवलका सल्लाहकार श्री चक्र बहादुर राना, लाफा समुहका अध्यक्ष श्री तारा सिंह रेश्मी, सक्रिय समाजसेवी श्री कृष्णा राना, मुक्ति चौतारे लगायत मानुभावहरुबाट हस्तान्तरण गरिएको थियो। हस्तान्तरण गरिएको रकमले उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।












