
सिसहनियाँ उद्योग बाणिज्य संघको बैठक , सुरक्षित रहदै उद्योग ब्यवसाय सञ्चालन गर्ने निर्णय
तिर्थराज ज्ञवाली -साउन २९, सिसहनियाँ देउखुरी दाङ-सिसहनियाँ उद्योग बाणिज्य संघको विहिवार बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले चाडपर्बलाई मध्यनजर गर्दै अर्को सुचना नहुदा सम्म सुरक्षित रहदै शनिवार पनि उद्योग ब्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ । उद्योगी ब्यवसायीहरुको हितका कार्य गर्दै उपभोक्ताको हक हित समेत संरक्षण गर्ने प्रतिबद्धता अनुसार कार्य गर्न समेत संघले अनुरोध गरेको छ ।
पछिल्लो समय नेपालीहरुको महत्वपुर्ण चाडपर्ब आईरहेको र कोभिड १९ को जोखीम समेत बढिरहेको अवस्थामा सुरक्षित रहदै उद्योग ब्यवसाय सञ्चालन गर्न सम्पुर्ण उद्योगी ब्यवसायीहरुलाई संघले अनुरोध समेत गरेको महासचिव ईश्वरी अधिकारीले जानकारी दिनुभएको छ ।
सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुरद्धारा ब्यवसाय नविकरण तथा प्यान नविकरणकोे केहि समय अगाडि सञ्चालन गरेको शिविरको समिक्षा समेत गरिएको सचिव मदन पोख्रेलले बताउनु भएको छ ।साथै बैठकले आउदै गरेको हिन्दु धर्मालम्वीहरुको महान चाड हरितालिका तिजको अवसरमा सबै नागरिकहरुलाई घरमै सुरक्षित रहेर मनाउन अनुरोध गदै सम्पुर्ण महिला दिदी बहिनीहरुमा शुभकामना सन्देश पास गरेको कार्यालय सचिव युवराज सुवेदिले जानकारी दिनुभएको छ ।