काठमाडौं, भदौ ३१ : काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । विहान ५ वजेर १९ मिनेटमा ठूलो धक्का महशुस भएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले हल्लाएपछि काठमाडौं उपत्यकामा मानिसहरु घर बाहिर निस्किएको थिए ।












