विहानै काठमाडौंमा ठूलो भूकम्पको धक्का, ६ रेक्टर स्केल मापन

प्रकाशित मिति:

काठमाडौं, भदौ ३१ :  काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । विहान ५ वजेर १९ मिनेटमा ठूलो धक्का महशुस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले हल्लाएपछि काठमाडौं उपत्यकामा मानिसहरु घर बाहिर निस्किएको थिए ।