बुद्धभूमि नगरपालिकामा श्रम नीति निर्माण कार्यशला सम्पन्न !

प्रकाशित मिति:

२६ मंसिर, कपिलबस्तु । बुद्धभूमिक नगरपालिका कपिलबस्तुको आयोजनामा विहिबार एक कार्यक्रमका बीच बुद्धभूमि नगरपालिकामा श्रम नीति निर्माण कार्यशला सम्पन्न भएको छ । बुद्धभूमि नगरपालिकाको सभाहलमा भएको उक्त कार्यशला नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठको अध्यक्षता तथा बुद्धभूमी नगरपालिका प्रशासकीय अधिकृत राजन कुमार पोख्रेलको संचालनमा सम्पन्न भएको हो ।

श्रम नीति निर्माण कार्यशलामा अधिवक्ता एवं कानुन विद् गुणनीधि भुसालले  बुद्धभूमि नगरपालिका कपिलबस्तु श्रममैत्री नीति २०७७ को मस्यौदलाई प्रस्तुत गर्नुभएको थियो । भने मस्यौद माथि बृहत छलफल गरिएको थियो । मस्यौद माथि बुद्धभुमी नगरपालिका अधिकृत विजय भुसाल,  नगरपालिकाका लेखा अधिकृत राम प्रसाद भट्टाराई, बुद्धभुमी नगरपालिकाका वडा ४ का वडा अध्यक्ष पवन कुमार थारु, बुद्धभूमी  उद्योग बणिज्य संघका अध्यक्ष शुभलाल भुसाल, लुम्बिनी प्रदेश ईट्टा व्यवासाय संघका महासचिव रुक बहादुर भुसाल, समता फाउण्डेसनका विकास राई लगायतले मस्यौदमाथि सुझावहरु तथा प्रतिक्रिया दिनुभएको थियो । त्यस्तै मस्यौदलाई सबैको प्रतिक्रिया र सुझावहरुलाई संकलनकै अधारमा बुद्धभुमि नगरपालिका श्रममैत्री नीति लागु गर्ने नगर प्रमुख श्रेष्ठले बताउँनुभयो ।

कार्यक्रममा नगर उप प्रमुख मिरा थारु, ग्लोबल फेयरनेस इनिसियटिभका प्रविधिक एंव कार्यक्रम अधिकृत भास्कर अधिकारी, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका अध्यक्ष थानकला पौडेल, नगरपालिकाका कार्यकारी अधिकृत अनिल पौडेल, नगरपालिकाका सुचना प्रविधिक अधिकृत विमर्श खनाल, बुद्धभुमी नगरपालिका शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराई, नगरपालिकाका योजना शाखा प्रमुख नविन खनाल, नगरपालिका स्वस्थ्य शाखा अधिकृत गोकर्ण अर्याल, बुद्धभूमि वडा २ का वडा अध्यक्ष भेषराज शर्मा, वडा ६ का वडा अध्यक्ष नन्दलाल यादव, वडा नं. ८ वडा अध्यक्ष कपिल देव तिवारी, उद्योगी विनोद पन्त, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नेपालका कार्यक्रम संयोजक दुर्गा अर्याल लगायतको उपस्थिति रहेको थियो ।

उक्त बुद्धमूमि नगरपालिका कपिलस्तुको श्रममैत्री नीति २०७७ मस्यौद तयारीको लागि घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल र ग्लोबल फेयरनेस इनिसियटिभले मस्यौद निर्माणको लागि सहयोगी संस्थाको रुपमा भुमिका निर्वाह गरेका थिए । घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका  प्राविधिक सल्लाहकार समितिका सदस्य  कानुन विद् एंव अधिवक्त द्वय गुणनीधि भुसाल र रविराज अचार्यले मस्यौद तयारको लागि विशेष भुमिका खेल्नुभएको थियो ।