ट्याग परियोजनाको आयोजनामा उपलब्धि एवं समिक्षा गोष्ठी

प्रकाशित मिति:

रामु भुसाल, पश्चिम नवलपरासी को जहदा सामुदायिक पुस्ताकलय तथा सेत केन्द्र बर्दघाट १२ भटौलीया द्धारा सञ्चालित प्रविधियुक्त किशोरीहरु ट्याग  परियोजना को आयोजनामा परियोजनाको उपलब्धि एवं समिक्षा गोष्ठी शनिबार जहदामा सम्पन्न भएको छ । परियोजना संयोजक गोपाल सिंह आले को अध्यक्षता एवं रेडियो दाउन्ने का कार्यक्रम संयोजक रामु भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुषालले पुस्तकालय ले समाज रुपान्तरणमा अहम भुमिका खेलेको बताउदै ट्याग परियोजना सञ्चालन गरी ग्रामिण भेग का किशोरी हरुलाई नेतृत्व विकास तथा प्रविधि युक्त बनाउन लागी परेको हुदा त्यस क्षेत्रका किशोरहिरुले उक्त कार्यक्रममा सहभागी भई लाभ लिन समेत आग्रह गर्नु भयो ।

कार्यक्रम का अध्यक्ष समेत रहनु भएका परियोजना संयोजक आले ले यस परियोजनामा आबद्ध भइृ किशोरी हरु प्रविधि मा सक्षम र स्वयंममा आत्मबल बढेको हुदा पुस्तकालय ले यस क्षेत्रका किशोरर किशोर िहरुलाई लक्षित गरी अन्य कार्यक्रम समेत आयोजना गर्ने बताउनु भयो । सोही अवसरमा परियोजना की परामर्शकर्ता नित्यानन्द मावी की शिक्षिका योग माया क्षेत्री ,र शिक्षिका एवं परामर्शकर्ता रञ्जु अधिकारी ले बोल्दै सुरुमा परियोजनामा आबद्ध भएका किशोरहिरु के तालिम पश्चात कार्य क्षमतामा निकै फड्को मारेको बताउदै परियोजनालाई निरन्तरता दिदै अझ बढि किशोरहिरुलाई समावेश गराउनु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा परयोजनामा तालिम लिईरहेका किशोरीहरुले आफ्नो सिकाई उपलब्धता समस्या र चुनौतकिा बारेमा प्रस्तुती गरेका थिए । उत्तः कार्यक्रमको सञ्चालन परियोजना की सहजकर्ता लक्ष्मी धिताङ ले गर्नु भएको थियो । परियोजनामा दास्रो फेज अन्र्तगत हाल २७ जना किशोरीहरुले प्रविधि युक्त तालिम लिईरहेका छन्