बिद्यार्थी नेता डोटेल भन्छन नेपालकै एक नम्बर मेयर चापाकोटका मेयर शिव कुमार गिरी

प्रकाशित मिति:

चापाकोट – चापाकोट बहुमुखी क्याम्पसका स्वबियु सभापति सबिन चन्द्र डोटेलले चापाकोटका मेयर नेपालकै एक नम्बर मेयर भएको अभिव्यक्ति दिएका छन। बिहिवार चापाकोट ७ साँखरमा आयोजित दलित उत्थान कार्यक्रमलाई सम्बोधन गरेका डोटेलले यस्तो अभिव्यक्ति दिएका हुन।

सोही कार्यक्रमका प्रमुख अतिथि रहेका नगरप्रमुख शिव कुमार गिरी तर्फ इन्कित गर्दै डोटेल भन्छन।,हामी बिद्यार्थी राज्यको स्वतन्त्र आवाज हौ।हाम्रो आवाज जहिले पनि स्वतन्त्र भएर सहि र सत्यको पक्षमा र मुलुकको हितमा हुन्छ।
आज एउटा बिद्यार्थी नेता र आम स्वतन्त्र नागरिकको हैसियतले भन्छु कि। चापाकोट र स्याङ्जा मात्रै नभएर देशकै हकमा भन्दा मुलुकमा जतिपनि स्थानीय सरकार छन ती सबै स्थानीय सरकारका प्रमुखहरूले चापाकोटको प्रमुखबाट प्रशिक्षण लिनु पर्छ कि जनताको काम कसरी गर्ने। आम सर्बसाधारणको मन कसरी जित्ने।नागरिकको दैनिक जीवन उकास्न कस्तो निति तथा कार्यक्रम तर्जुमा गर्ने। स्थानीय बाद शाह वा छोटे राजा बन्न खोज्ने पालिका प्रमुख मैले धेरै ठाउँमा देखेको छु र समाचारमा सुनेको पनि छु।

बिचौलिया,घुसखोर र तस्करको एजेन्ट ठुला योजना बनाउने र नितिगत तबरबाट मोटो रकम असुल्ने पालिका प्रमुखकै कारण स्थानीय स्तरमा जनताले आफ्नो सामान्य समस्याको समाधान नभै सास्ती बेहोर्नु परेको तर चापाकोट मात्र त्यसबाट अछुतो रहेको जिकिर डोटेलको थियो।चापाकोट नगरका मेयर गिरि कृषक माझ कहिले आलु र कहिले उखु आज फेरि यो दलित बस्तीमा बङ्गुर लिएर आउनुभएको छ।एउटा बङ्गुर थमाएर उदाहरण दिइरहनुभएको छ कि नगरबासिलाई कसरी आत्मनिर्भर बनाउने। भौतिक बिकास सँगै नागरिकको जिबनस्तर उकास्ने काम महत्त्वपूर्ण भएको भनेका डोटेलले चापाकोटको मेयरले चापाकोटेली जनताको जिबनस्तरमा आमुल परिबर्तन ल्याउन लागेको ठोकुवा समेत गरे।