नेपाल जेसिज बर्ष २०२१ की राष्ट्रिय उपाध्यक्ष पाण्डेद्वारा कञ्चन जेसिजको भिजिट

प्रकाशित मिति:

७ चैत्र,कञ्चन, नेपाल जेसिज बर्ष २०२१ की राष्ट्रिय उपाध्यक्ष तथा एरिया डि का लागि असाइन राष्ट्रिय उपाध्यक्ष कल्पना पाण्डे कुसुमद्वारा कञ्चन जेसिज बर्ष २०२१को शाखा भिजिट गर्नु भएको छ। शाखा भिजिट को क्रममा राष्ट्रिय उपाध्यक्ष जेसि कल्पना पाण्डेले जेसिज भनेको उमेर १८ देखि ४० बर्ष उमेरका युवाहरुको नेतृत्व र व्यक्तित्व बिकासका लागि नियमित पढाइ हुने साझा विश्व बिधालय भएको बताउनु भयो । राष्ट्रिय उपाध्यक्ष जेसिज पाण्डेले आफु राष्ट्रिय उपाध्यक्ष तह सम्म यात्रा तय हुदा आफु बिधालय तहमा बोल्न नसक्ने भएर नवोली शान्त भई बसेको देखेर अनुशासित बिधार्थीको अवार्डेड भएको स्मरण गर्नु भयो । जेसिजमा आवद्ध भएकै कारण आफुले सबैका अगाडी ढुक्कसंग बोल्न व्यक्तित्व बिकास आफुमा नेतृत्व बिकास भएको अनुभव जेसि पाण्डेले व्यक्त गर्नु भएको थियो । आफु असाइन भएको एरियाका सबै शाखा जेसिजहरु उत्कृष्ट शाखाको रुपमा सम्मानित हुनुपर्ने बताउदै राष्टिर्य उपाध्यक्ष पाण्डेले आफ्नो शाखाबाट भएको हरेक कार्यक्रमहरु समयमै नेपाल जेसिजमा रिपोर्टिंग गर्नु पर्ने बताउनु भयो । बिशेषगरी युवाहरुको व्यक्तित्व र नेतृत्व बिकासका लागि मात्र नभई युवाहरुको व्यबसायिक सफलताका लागि पनि सिकाइ हुने साझा बिधालय भएको पाण्डेले बताउदै सामाजिक क्षेत्रमा पनि आफ्नो उत्तरदायित्व बहन गराउदै असल र सभ्य नेतृत्वको बिकास गर्न पनि जेसिजमा आवद्ध हुनुपर्ने बताउनु भएको थियो ।कञ्चन जेसिजका संस्थापक अध्यक्ष जेसि बाबुराम पौडेलले कञ्चन जेसिजको स्थापना बर्ष संघर्ष र सिकाईको बर्ष भएको र प्रस्ताबित शाखा भएको भएपनि पहिलो बर्षमै नेपाल जेसिजबाट आधिकारिकता पाएको जेसिजको इतिहासमा पहिलो घटना भएको नेपाल जेसिजका पदाधिकारीहरुबाट थाहा पाउदा कञ्चन जेसिजका पदाधिकारी तथा सदस्यहरुका लागि खुशीको उपहार प्राप्त भएको बताउनु भएको थियो ।

कञ्चनमा अन्य संघसंस्थाहरुको तुलनामा छोटो समयमै जेसिजको फरक र समाजका लागि सेवामुलक संस्थाको रुपमा पहिचान गराउन सफल भएको बताउन भएको थियो । यसैगरी कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष तथा निवर्तमान अध्यक्ष बाबुराम पौडेलले जेसिजबाट आफ्नो व्यक्तित्व र नेतृत्व क्षमतालाई निखारता दिन पाएको बताउनु भएको थियो । जेसिज आफ्नो लागि बास्तवमै बिश्वबिधालय नै साबित भएको बताउदै निबर्तमान अध्यक्ष पौडेलले सामाजिक,व्यबसायिक तथा सेवामुलक क्षेत्रमा आफुलाई असल र सफल नेतृत्वको बिकास गर्न जेसिज सफल र सवल साझा बिधालय भएको बताउनु भयो । नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय उपाध्यक्ष कल्पना पाण्डे कुसुमलाई स्वागत गर्दै कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीले राष्ट्रिय उपाध्यक्ष कल्पना पाण्डेको साहसी र उत्प्रेरणात्मक अभिव्यक्ति र नेतृत्व क्षमता देखि आफु प्रभावित भएको र आफु पनि त्यही पदचाप लिने उर्जा मिलिरहेको बताउनु भयो । राष्ट्रिय उपाध्यक्ष पाण्डेको सल्लाह र सहि निर्देशनमा कञ्चन जेसिजलाई नेतृत्व गर्ने र आफ्नो कार्यकालमा कञ्चन जेसिजलाई उत्कृष्ट शाखाको रुपमा बिकास गर्ने अध्यक्ष चौधरीले प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । कञ्चन जेसिज बर्ष २०२१का महासचिव मोहराज शर्माको संचालन,कार्यकारीणी उपाध्यक्ष जेसि चित्रलाल तुलाचनको स्वागतमा सम्पन्न भएको शाखा भिजिट कार्यक्रममा कञ्चन जेसिज २०२१का उपाध्यक्ष प्रिया तरामुले जेसिज आस्थापाठ गर्नु भएको थियो ।