शोक सभा सम्पन्न

प्रकाशित मिति:

बुटवलका वरिष्ठ समाजसेवी गणेशमान सैजु की धर्म पत्नी कृष्णप्यारी सैंजुको आज शोक सभा सम्पन्न भएको छ । कर्मयोगि समाजसेवी गणेश मान, कृष्णप्यारी सैंजु ट्रष्टको आयोजनामा गरिएको शोक सभामा बोल्ने बक्ताहरुले गणेशमान कि धर्मपत्नी कृष्णप्यारीले पुराएको योगदानको चर्चा गरेका थिए । ट्रष्टका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता मा आयोजना गरिएको कार्यक्रममा पुनाराम पोखरेल, डाक्टर बलराम उपाध्याय, बेन बहादुर पौडेल, जिवन ओझा , चन्द्रमान श्रेष्ठ , अम्बिका पौडेल, कृष्ण न्यौपाने लगायतले बोलेका थिए । अर्जुनमान शैंजुको स्वागत तथा सुनिता शेरचनको सञ्चालनमा शोक सभा सम्पन्न भएको थियो ।