५ जेठ,कञ्चरनजेल संघर्ष- कञ्चन जेसिज बर्ष २०२१ को सहजिकरणमा सकारात्मक सोंचका लागि भर्चुअल उत्प्रेरणा तालिम सम्पन्न भएको छ। बिशेष गरी कोभिड १९ बाट संक्रमितहरुका लागि आत्मवल बृद्धि गर्नका लागि सकरात्मक सोंचको शक्ती बिषयक उत्प्रेरणात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।अन्तराष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेद्वारा प्रशिक्षित कार्यक्रममा कञ्चन जेसिज,सैनमैना जेसिज,बुटवल जेसिज,सिद्धार्थ लेडी जेसिज,सिद्धार्थ जेसिज,चितवनजाट कालिका जेसिज,म्याग्दीबाट म्याग्दी जेसिज लगायत देश भरका बिभिन्न शाखाका २ सय जेसिज र करिब १ सय भन्दा बढी नन जेसिजहरुको कार्यक्रममा सहभगिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसिज बर्ष २०२१का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले बिश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसले नेपाललाई अछुटो नराखेको यस बिषम परिस्थितिमा कञ्चन जेसिजद्वारा बन्दाबन्दीको समयमा सकरात्मक सोंचको बिकासका लागि संचालन गरेको नमुना योग्य कार्यक्रमको प्रशंसा व्यक्त गर्नु भएको थियो ।यसैगरी नेपाल जेसिज बर्ष २०२१ राष्ट्रिय महासचिव बिकास मानन्धरले हरेक समयमा हरेक व्यक्तिका लागि सकरात्मक सोंचको बिकास हुन आवस्यक रहेको र सकरात्मक सोंचको महाशक्ति बिकास गर्न सकारात्मक उत्प्रेरणाहरुको तालिम,गोष्ठी र ब्यबहारिक कार्यक्रम आवस्यक रहने उल्लेख गर्नु भयो ।सकात्मक सोंचको शक्तिको बिकासका लागि अन्तरमष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेले व्यक्तिको सकरात्मक सोंचले सकरात्मक वातावरणको बिकास हुने र सोही वातावरण हाम्रो मन मस्तिष्कमा प्रबेश गर्ने कुरामा जोड दिनु भएको छ। आफुले जस्तो सोच्छौं सोही बमोजिम वातावरणको बिकास हुने र उक्त वातावरण हाम्रो बन्द कोठा,मन मस्तिष्क र हरेक क्षेत्रहरुमा परावर्तन भई आउने उल्लेख गदै प्रशिक्षक न्यौपानेले विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले भन्दा पनि कोरोना भाइरस प्रति निर्माण गरिएको नकरात्मक परिभाषा र सोंचका कारण मानिसको इम्युनिटी पावर,शरिरका हर्मोन,इन्जाइम रसहरुमा नकरात्मक सन्देश प्रवाह भई शरिरका महत्वपुर्ण अंगहरुमा असर गरेकै कारण मानिसको मृत्यु भएको बतउनु भयो ।
हामीले नै समाजमा सकरात्मक सोंचको बिकास गर्न सके र बिश्वभरबाट प्रकाशित बिभिन्न संचार माध्यमहरुमा समेत नकरात्मक सन्देश दिने समाचारका हेडलनइनहरुलाई मृत्यु र संक्रमित भन्दा पनि कोरोना भाइरसलाई जितेर नयाँ जिवन पाएको जस्ता सकरात्मक हेडलाइन बनाउन सके कोरोना भाइरस कुनै ठूलो समस्या नभएको बताउदै आफुमा सकरात्मक सोंचको शक्ति निर्माण गर्न हरेक दिन योग गर्न र आफु भित्रको सकरात्मक कुराहरुलाई स्मरण गर्न सके स्वतस् आफु दिर्घजिवी भई सुन्दर संसारको अनुभुत गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा नेपाल जेसिज बर्ष २०२१ का निरुपित क्षेत्र घ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमन कृष्ण श्रेष्ठ,नेपाल जेसिज बर्ष २०२१ का कानुनी सल्लाहकार गोकुल सापकोटा,कञ्चन जेसिजका लागि निरुपित राष्ट्रिय उपाध्यष कल्पना पाण्डे कुसुम,राष्ट्रिय उपाध्यक्ष तथा सैनामैना जेसिज बर्ष २०१८ का अध्यक्ष विमल ज्ञवालीको समेत सहभागिता रहेको कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२० का अध्यक्ष बावुराम पौडेलले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै आपत बिपतमा पनि सहजताको किरण खोजेर युवाहरुमा सकरात्मक सोंचको बिकास गर्दै युवाहरुको व्यक्तित्व,नेतृत्व,उधमशिलता र बिश्व बन्धुत्वको भावना बिकास गर्न सदैव तत्पर रहने १८ बर्ष देखि ४० बर्ष उमेर समूहका युवाहरुले जेसिजलाई साझा बिश्व बिधालयको रुपमा बुझ्दै आइरहेको बताउनु भयो ।
कञ्चन जेसिज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष चित्र तुलाचनद्वारा जेसिज आस्था पाठ गरिएको कार्यक्रममा कञ्चन जेसिज बर्ष २०२१ महासचिव मोहराज शर्माले जेसिजको मिसन भिजन प्रस्तुत गर्नु भएको थियो । कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीले कार्यक्रममा सहभागीहरुलाई हार्दिकताका साथ धन्यवाद दिदै कार्यक्रमले सबैमा सकरात्मक सोंचको बिकास हुने कोभिड १९ लाई सहजै जित्न सकिने बिश्वास व्यक्त गर्नु भयो ।











