प्रतिभा गाउँ सेवा परिवार मसाहार द्धारा करन्डाडामा बनिरहेको कोरोना अस्पताललाई सहयोग

प्रकाशित मिति:

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय तह देखि स्थानीय स्तरमा पहल भैरहेको छ। यसै क्रममा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ मसाहारमा अवस्थित श्री प्रतिभा गाउँ सेवा परिवारले पनि कोभिड -१९ को विरुद्ध अभियान सुरु गरेको छ। गाउँसेवा परिवारले सुरु गरेको कोरोना संक्रमणको विरुद्धको अभियान कार्यक्रम अन्तर्गत स्थानीय बासिन्दाका लागि निशुल्क रुपमा स्वास्थ्य सामग्रीहरु मास्क र स्यानिटाइजर वितरण गरेको यश कल्बका सद्स्य डम्बर रानाले जानकारी दिनु भयो।

मास्क र स्यानिटाइजर वितरणका लागि रोजगारीको सिलसिलामा विभिन्न देशमा रहनु भएका क्लबका सहयोगी दाताहरूले सहयोग गर्नु भएको डम्बर रानाले जानकारी दिनु दिनु भयो। दोस्रो लहरको कोरोना संक्रमण समुदाय स्तरमा फ़ैलिने क्रम तिब्र रहेकोले कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त अभियान सुरु गरिएको कल्बका सद्स्य राना मगरले जानकारी दिनु भयो। साथै हाल कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ करन्डाडामा कोरोना अस्पताल निर्माण गर्नका लागि क्लबले रु २०,००० हजार अस्पताल निर्माणलाई प्रदान गरिएको राना मगरले जानकारी दिनु भयो।

स्वास्थ्य सामग्री खरिद गर्नका लागि गर्नका लागि प्राप्त सहयोग रकमको विवरण यश प्रकार रहेको छ।

१.बिक्रम राना हाल युरोप बाट रू २०,०००।-
२.कृष्ण प्रसाद पराजुली र श्रीमती दुर्गी पराजुली हाल भारत भुपाल बाट रु १०,०००।-
३.राजन राना हाल नेपाल APF बाट रु ५,०००।-
४.बेग बहादुर गाहा हाल नेपाल आर्मी बाट रु ५,०००।-
५.हुम बहादुर राना हाल दुबई बाट रु ५,०००।-
६.DS मोबाइल सेन्टर का प्रो.डम्बर बहादुर राना र्मिमी बाट रु ५,०००।-
७.विशाल राना हाल दुबई बाट रु.६०००/-

८.पदम बहादुर गाहा दुबैइ रु५०००/-

साथै सहयोग अभियानका लागि अन्य व्यक्ति हरुले समेत प्रतिबद्धता व्यक्त गर्नु भएको समेत राना मगरले बताउनुभयो ।