नेविसंघ स्याङ्जा द्धारा अक्सिजन सिलिन्डर बोक्ने उपकरण जिल्ला अस्पताल स्याङ्जालाई हस्तान्तरण
स्याङ्जा- नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति स्याङ्जा द्धारा अक्सिजन सिलिन्डर बोक्ने उपकरण जिल्ला अस्पताल स्याङ्जालाई हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (Covid-19) को दोस्रो संक्रमणबाट स्याङ्जा सदरमुकामको एक मात्र जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर बोक्ने उपकरण नहुदाँ विरामीका आफन्तले सास्ती झेलिरहेको बेला नेविसंघ स्याङ्जाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
नेविसंघ जिल्ला सभापति अजित क्षेत्रीले सामाग्री हस्तान्तरण गर्दै जिल्ला अस्पताल स्याङ्जा सदरमुकामको एक मात्र अस्पताल भएकोले गरिब र निमुखा जनताको आशाको केन्द्र भएको बताए । उनले सरकारी संस्थाको खरिद प्रक्रिया लामो हुने भएकाले तत्कालको समस्यालाई समधान गर्न सानो सहयोग मात्रै गरेको बताए । जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष लोक नाथ मरासिनी र अस्पताल प्रमुख डा. रमेश आचार्यले नेविसंघ स्याङ्जाले यस महामारीमा जिम्मेवार संगठनको भुमिका निर्वाह गरेको भन्दै प्रशंसा समेत गरे । प्रमुख डा. आचार्यले सबै समुदाय र संस्था यसरी नै जिम्मेवार भए मात्र यस्ता महामारीलाई जित्न सकिने बताए । सामाग्री हस्तान्तरण गर्न नेविसंघ जिल्ला सभापति अजित क्षेत्री, क्षेत्रिय उपसभापति सौजन गुरुङ्, त्रि. आ क्याम्पस स्वीयु सभापति सुनिल बाबु चापागाई, नेविसंघ जिल्ला सदस्य नविन श्रेष्ठ, सिए एवं नेबिसंघ नेता शंकर अर्याल र नेविसंघ पुतलीबजार नगर सभापति सविन बाबु रेग्मी को उपस्थितीमा हस्तान्तरण गरिएको हो ।
नेविसंघ स्याङ्जाले पहिलो चरणको कोरोना भाइरसको संक्रमण देखि जिल्ला प्रशासन कार्यलयलाई थर्मोगन, जिल्ला कारागार स्याङ्जालाई दुई पटक माक्स, सेनिटाइजर र ग्लबस जस्ता अति आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आइरहेको छ











