नवलपरासीको रामग्राम नगरपालिकाद्धारा स्वास्थ्य मन्त्रालयसङ्ग खोप खरिदका लागीअनुमति माग

प्रकाशित मिति:

१२ जेठ, प्रकाश न्यौपाने- नवलपरासी । पश्चिम नवलपरासीमा रहेको रामग्राम नगरपालिकाले आफ्नै पहलमा कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयसँग अनुमति माग गरेको छ ।

नगरपालिकाले मंगलबार मन्त्रालयलाई पत्राचार गर्दै कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न अुनमति दिन पत्राचार गरेको रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।पालिका हरुले नै आफैले सार्वजनिक खरिद प्रक्रियाको अबलम्बन गरी कोरोना विरुद्धको खोप खरिद गर्न सक्ने भएकाले खोप खरिद गर्नका लागी अनुमति माग गरिएको गुप्ताले जानकारी दिनु भयो ।

उहाका अनुसार कोरोना विरुद्धको खोप खरिदका लागी मन्त्रालयबाट अनुमति पाए विकास बजेटलाई रकमान्तर गरेर खोप खरिद गर्न प्रक्रिया अगाडि बढाईने छ ।