“म नर्स ,सेतो वस्त्र धारी महामारीको सिपाही”

प्रकाशित मिति:

मैले दिएको वचन
मैले खाएको कसम अनि मैले लिएको सपथ
फ्लोरेन्स लागि साक्षी राखी छातीमा हात राखी अनि आगो छोएर
मेरो कर्म, धर्म अनि पेशा
रोगसँग लड्दै गरेको तिमीलाई जिताउने
मरिसकेको आशा जगै तिम्रो मुहारमा
उत्साह र हाँसो ल्याइ तिमीलाई बचाउने

हिजो facebook काे भित्ता भरी देवि आमा र जननी भन्दै हिडेउ
आज किन निर्दयी, तुच्छ र दानवीय व्यवहार गरेउ?
म न देवि हो न मा तिम्रो जननी नै हो
म पनि मान्छे नै हो तिमी जस्तै मान्छे हुँ
तर फरक यति छ,
म आफू रातभरि जागी
तिम्रो ढुकढुकी र नाडीको मापन गर्छु
भोको पेट, अनिदो आँखा, सिथिल र थकित शरीरले
तिमीमा ऊर्जा भरी नयाँ जीवन दिने प्रयास गर्छु
तिम्रै सेवा, तिम्रै उपचार गर्ने मेरा यी हात
किन भाँच्न खोज्छौं?
तिम्रो बन्द ओठ काे भाव अनि अनि तिमीलाई निगरानी गर्ने मेरा यी आँखा
किन फुटाउन खोज्छौं?

आज एउटा प्रस्न छ सरकार, ज्यानको बाजी राखी ज्यान बचाउन तैनाथ म, मेरो ज्यानको रक्षा कसले गर्छ?

तिम्रो आमाबाबा को काख भरिदै गर्दा
कतै मेरा बालबच्चा टुहुरा नहुन
तिम्रो जीवन लाई जोगाउँदा जोगाउँदै
मेरो जीवन अकालमा नजाओस्
तिमीलाई बचाउने हर प्रयास गर्दै गर्दा, म आफै बाँच्नको लागि २तला माथि बाट भाग्न नपरोस्
तिम्रो खुस्किन लागेको स्वास भर्दा भर्दै मेरै प्राण वायु नलियोस्

बिन्ति छ तिमीलाई , मेरो घर परिवार मेरा बालबच्चाको भरोशा हु म
मेरो घाँटी नथिचियोस्, मेरो ज्यान नलियोस,
मैले वचन ,कसम र सपथ खाएर बर्षौ लगाएर डिग्री गरी पहिरिएको मेरो सेतो coat नचातियोस्

बिष्णु पाठक खड्का