सपना आचार्यको उनले छोडेको उज्यालो प्रकाशित

प्रकाशित मिति:

बिक्रम संबत २०७८ सालमा मलिलो माटो नामक उपन्यास प्रकाशित गरेकी सपना आचार्यको संस्मरणात्मक कृति“उनले छोडेको उज्यालो “प्रकाशित भएको छ ।उनले छोडेको उज्यालो छोरीले आमाको लागि लेखिएको प्रेम, सम्झना र कृतज्ञताको गहिरो अभिव्यक्ति हो ।सपना आचार्यले आफ्नी आमाको जीवन, संघर्ष, हाँसो, आँसु अनि अन्तिम विदाइलाई भावुक तरिकाले चित्रित गरेकी छन् ।उनले यस पुस्तकमा आमाछोरीको सम्बन्ध, अचानक अल्पायुमै दिवंगत भएकी आमाको जीवनगाथा तथा जीवन र मृत्युको दर्शन कलात्मक भाषामा प्रस्तुत गरेकी छन् ।उनले छोडेको उज्यालोका हरेक पृष्ठमा एउटा छोरीको माया झल्किन्छ अनि हरेक शब्दमा एउटा आमाको उज्यालो जीवन बोल्दछ ।यो पुस्तक पढ्दा आफ्नो आमालाई गुमाएका वा आमाको याद बोकेर बाँचेका हरेक व्यक्तिको मन तथा हृदयलाई स्पर्श गर्दछ ।पुस्तकको भाषा प्रान्जल तथा शैली मार्मिक छ । नेपाली संस्मरण साहित्यमा“उनले छोडेको उज्यालो “एउटा पृथक कृतिको रुपमा प्रकाशित भएको छ ।