‘अंड्कुर’ कृतिको लोकार्पण : साहित्यकार राधा अर्यालको गौरवपूर्ण क्षण

प्रकाशित मिति:

साहित्यकार राधा अर्यालको नवीन कृति ‘अंड्कुर’को लोकार्पण कार्यक्रम जन्मदाता, ज्ञानदाता र कर्मदाताको सानिध्यमा सम्पन्न भएको छ। आफ्नो कृतिको विमोचन यति महत्वपूर्ण व्यक्तित्वहरूको काखमा गर्न पाउँदा उनी अत्यन्त गौरवान्वित भएको बताइन्।

कार्यक्रममा साहित्यिक र बौद्धिक वातावरण सृजना गर्दै विमोचन, विमर्श र साहित्यिक मन्थन  समेत सम्पन्न गरिएको थियो। विभिन्न प्रतिभाशाली व्यक्तिहरूको अमूल्य साहित्यिक तथा प्राज्ञिक योगदानप्रति अर्यालले गहिरो आभार व्यक्त गरिन्