चारनम्बर ।
चन्द्र शमशेर न्यौपानेः हेलो, नमस्ते आराम हुनहुन्छ ?
सुरेन्द्रः ठिक छ नि, हजुरको के छ ?
सुरेन्द्रको कल आउँछ, उता उठ्दैन
चन्द्रः हजुरको नम्बर पाउँ न ?
सुरेन्द्रः अरु भन्नुस्
९८५७०३१७८९
चन्द्रः आज जुम कलमा आउनु है । दिउँसो २ बजे
सुरेन्द्रः के छ ?
चन्द्रः सानो मिटिङ छ ।
सुरेन्द्रः ओके । अर्गनाइजिङ कसको ?
चन्द्रः एसएमएसमा हेर्नु त कोड आयो होला, हजुरलाई । जुम फेसबुकबाट ।
सुरेन्द्रः आयो
चन्द्रः हो कति आयो हजुर ?
सुरेन्द्रः ५८२४४
चन्द्रः ओके म दिउँसो ज्वाइन गराउँछु ।
सुरेन्द्रः हवस्
त्यसपछिः २ बजे सुरेन्द्रको लाइक थप्म आयो ।
चन्द्रबाट रेसपोन्स भएन ।
यो फेसबुक म्यासेन्जर संवाद हो जेठ १४ गते शुक्रबार विहान ८ः ४३ देखि मध्यान्ह १२ः ५० बजे सम्म कपिलवस्तुका संचारकर्मी चन्द्रकान्त न्यौपाने र शैक्षिक तथा सामाजिक ब्यक्ति सुरेन्द्र घिमिरेबीचको । चन्द्रकान्तले फेसबुकमा चन्द्र शमशेर न्यौपाने नाम लेख्छन् । उनीहरु दुई अनन्य मित्र पनि हुन् । चन्द्रले २ बजे जुम वैठकमा सुरेन्द्रलाई बोलाइसकेपछि सुरेन्द्र जुमको लागि २ बजेसम्म वेट गर्छन् । तर चन्द्रले जुम बैठकमा ज्वाइन गर्दैनन् । त्यसपछि सुरेन्द्रले मतलब गर्दैनन् । त्यसपछि दिउसो भने चन्द्रको म्यासेन्जरबाट एउटा आर्टिकलको लिंक सुरेन्द्र कहाँ पुग्छ ।त्यसपछि कुनै संवाद छैन । अर्को दिन जेठ १५ गते शनिबार विहान करिब साढे ८ बजेतिर सुरेन्द्रको मोबाइलबाट चन्द्र शमशेरलाई एककासी फोन आयो । चन्द्र जि, तपाईले मलाई हिजो म्यासेन्जरमा जुम वैठकमा बोलाउनु भएको थियो ? चन्द्रले भने अहँ ? हिजो त केही पनि कुरा भएन हजुरसंग ।सुरन्द्रले भनेः दिउसो २ बजे जुा वैठकमा बोलाएर अनि मतलब नगर्ने ?त्यसपछि चन्द्रले भनेः मैले हजुरलाई बोलाएको नै थिएन ।
त्यसपछि सुरेन्द्रले भने चन्द्र जि तपाईको फेसबुक आइडी ह्याक भएको हुनुपर्दछ । त्यसपछि चन्द्र छाँगाबाट खसेजस्तो भए । र उनलाई थाहा भयो आफ्नो आइडी ह्याकरले चलाएको रहेछ भनेर । जब चन्द्रले जुम बैठकको नाममा सुरेन्द्रको फोन नम्बर मागे । त्यसपछि ह्याकरबाट ५ अंकको नम्बर ५८२४४ ह्याकरको हातमा पर्यो । त्यसै नम्बरबाट सुरेन्द्रको फेसबुक अकाउण्ट ह्याक भयो अर्थात् सुरेन्द्रको फेसबुक पासवर्ड अरु कसैले थाहा पाएर चलाइरहेको छ ।अहिले सुरेन्द्रको फेसबुकबाट धेरैलाई यसैगरी मोबाइल नम्बर माग्ने र पैसा माग्ने काम भएको छ । सुरेन्द्रको आइडीबाट कम्तिामा पनि ५ देखि ७ जनासम्मलाई पैसा मागेर ह्याकले अवैध धन्दा गरिरहेको छ । ह्याकरले मोबाइल बैङ्किङ छ छैन ? भएको भए मलाई अर्जेन्ट पैसा पठाइदिनुहोस् न भनेर नजिकका मित्रसंग पैसा मागिरहेको छ ।आफ्नै विश्वासका साथीले भनेपछि किन नाईँ भन्ने भनेर साथीहरुले पनि धमाधम सुरेन्द्रलाई मोबाइल बैङ्किङ मार्फत पैसा पठाइरहेका छन् । कतिले ५ हजार, कतिले ७ हजार, कतिले ३० हजार, कतिले २० हजार । यस्तै गरी सुरेन्द्रलाई साथीहरुले मोबाइल वैङ्किङमार्फत् पैसा पठाइरहेका छन् । यसरी अहिलेसम्म करिब ५० हजारसम्मको अवैध कारोबार भएको जानकारी सुरेन्द्रले साथीहरुलाई फोन गरी बुझ्दा पाउनु भएको छ । तर सो पैसा सुरेन्द्रको हातमा छैन । उनलाई थाहा पनि छैन । त्यति ठुलो रकम ह्याकरको हातमा गइरहेको छ । यो रकम अब फिर्ता हुन्छ या हुँदैन त्यो भने केही थाहा छैन ।
यसपछि तनावमा रहेका सुरेन्द्र र चन्द्र शमशेर न्यौपानेले इलाका प्रहरी कार्यालय बाणगंगा २ पिपरामा आफूहरु ह्याकरको जालमा परेको भन्दै छानविनको लागि हतारहतार लेख्दै निवेदन दिएका छन् । यो समस्यापछि सुरेन्द्रले अहिले खाता भएको बैङ्कमा सम्पर्क गरी यो कुराको जानकारी दिएका छन् । उनले फेसबुकपासवर्ड पनि चेन्ज गरेका छन् । साथीहरुलाई पनि फोन गरी यो ह्याकरको अवैध धन्दाबारे जानकारी दिइसकेका छन् ।यता चन्द्रले भने कसरी फेसबुक आइडी कसरी ह्याक भयो भनेर थाहा पाएका छैनन् । किनकि चन्द्रको म्यासेन्जरबाट पैसा माग्ने काम भएको अझैसम्म कसैले रिपोर्ट पनि गरेका छैनन् । तर आफ्नो फेसबुक ह्याक भएको थाहा पाएपछि पासवर्ड बदलेर फेसबुकमार्फत्स्टा टस लेख्दै चन्द्रले पब्लिकलाई जानकारी गराएका छन् ।“मेरो फेसबुक Account ह्याक भएको हो कि के हो ? messanger बाट साथीहरुलाई फोन नम्बर मागिरहेको छ अरे । तर मैले कसैको नम्बर मागेको छैन है । कतै मेरो ID बाट हजुरहरुको नम्बर मागेको भए कसैले नदिन अनुरोध छ । र तपाईंहरु पनि ह्यकर ग्याङदेखि सावधान रहनू ! कसैले पैसा मागेको छ भने नदिनू।”
यसैगरी युवा ब्यवसायी रमेश चन्द्र भुसालको आइडि पनि ह्याकरको हातमा परेको तर उनमा त्यो ५ अंकको नम्बर आएर नपठाएकाले उनी बचेका छन् । तै पनि उनले यस्तो नहोहोस् भनेर फेसबुकमा लेखेका छन् “मेरो Facebook आईडी जबअप गर्ने प्रयास भईरहेकोले अर्को सूचना नदिएसम्म कृपया मोबाईलमा कुरा नभएसम्म सहयोगदाता कसैलाई पैसा नपठाऊनुहोला है । पठाऊनु परेमा मैले भंने छू मेरो आधिकारिक अकाउंट नम्बर मात्र दिने छू।”यसको २ दिन अघि पनि बाणगंगाका ब्यवसायी टोपनारायण बेलबासेको फेसबुक ह्याक भएको थियो र संवाद ठ्याक्कै सुरेन्द्र र चन्द्रको जस्तै भएको मायादेवीलाई बताउनु भयो । यो सूचना बाहिर मिडियामा आएपछि अहिले धेरैले फेसबुकमा यसबारे सचेत रहन आग्रह गरिरहेका छन् ।पछिल्लो समय नेपालमा फेसबुक ह्याकरहरुको विगविगी बढेकाले यस्तो समस्या आउने गरेको छ । उनीहरुले माथिको संवाद भएको जस्तै कुराकानीको प्रकृति देखाएर वा अरु अर्जेन्ट बाहानामा निकै नजिकका र धेरै म्यासेन्जरमा कुराकानी हुनेसंग फोन नम्बर माग्ने काम गर्दछन् । म्यासेन्जरमा भएको कुराकानीको आधारमा नजिकका मान्छे पहिचान गर्ने र धन्दा चलाउने गरेको कपिलवस्तुका आइटी जानकार राम शुभागे चौधरी बताउनु हुन्छ ।
उहाँले यस्तो ह्याकरबाट बच्नको लागि सर्वप्रथम १० डिजिटको स्मल लेटरमा फेसबुक पासवर्ड बनाउन सुझाउनुहुन्छ । धेरै माइ डार्लिङ, मेरी मायालु, १२३४५, हेलो नेपाल, बुढाको नाम, बुढीको नाम, आफ्नै फोन नम्बर इत्यादि सजिला लेटर पासवर्डको रुपमा राख्दा ह्याकरले सजिलै पत्ता लगाउने र फन्दामा परिने भएकाले स्मल डिजिट जस्तै A3#$!1ho% गणितिय अक्षरहरु राख्न सुझाउनु हुन्छ । यसै गरी युजर नेम राख्दा पनि मोबाइल नम्बर नराखेर इमेलबाट राख्न पनि उहाँको सुझाव छ । उहाँले कारोबार लगायतका महत्वपूर्ण काम र फोन म्यासेन्जरमा नगर्न पनि सुझाउनु भयो । ह्याकरले कुरा गर्दा च्याट हिष्ट्रि हेरी त्यसै अनुसारको सम्बोधन, लवज प्रयोग गर्ने रहेछन् भने भाषा नेपालीमा छ भने नेपालीमा, अंग्रेजीमा छ भने अंग्रेजी र र रोमनमा छ भने रोमनमा कुरा गर्ने जानकार बताउँछन् ।यता चन्द्र र सुरेन्द्रको निवेदन बुझ्दै इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले ह्याकरको फन्दामा परेकाहरुको निवेदन नेपाल प्रहरीसंग धेरै मात्रामा आउन थालेको बताउनु भयो ।बाणगंगा पनि यस्तो समस्याबाट अहिले उजुरी आएको बताउँदै सचेत रहन आग्रह गर्नु भएको छ । कोरोना महामारीको बेला अहिले सबैसंग पैसा अभाव भएकाले अवैध धन्दा असुल्न, अहिले जुम बैठकको नाममा गलत काम हुने भएकाले यस्ता भर्चुअल वैठकको विश्वास नगर्न समेत उहाँले अनुरोध गर्नु भएको छ ।नियमित सम्पर्कमा रहेको साथीसंग अकस्मात् कुनै अस्वभाविक कुरा भयो या त्यस्तो म्यासेज आयो भने आफ्नै मान्छे भए पनि विश्वास नगर्न उहाँले आग्रह गर्नु भएको छ । आफूसंग आएका निवेदन उपर संवेदनशिल रहेको भन्दै उहाँले केन्द्रिय साइब्रर ब्युरोसंग कोर्डिनेसन गर्ने बताउनु भयो । यदि यसबाट गलत धन्दा भएको पाइए पीडित पक्षले फेसबुक अकाउन्ट बन्दको लागि साइबर ब्युरोमा निवेदन दिनुपर्ने उहाँ सुझाउनु हुन्छ । त्यसपछि ब्युरोले अकाउन्ट बन्दको लागि सिंगापुर निवेदन पठाउने समेत उहाँले बताउनुभयो ।
नेपालको फेसबुक अपडेटको काम सिंगापुरबाट हुने भन्दै ती उजुरीहरुलाई त्यहाँ पठाउनु पर्ने बाध्यता रहेको समेत गुरुङले बताउनु भयो । ह्याकरको जालमा परेर आफू ठगिएको वा आर्थिक कारोबबार भएको भए फेसबुक युजर नेम, पासवर्ड र कुराकानी भएको स्क्रिनसर्ट समेत समावेश गरी उजुरी दिनु पर्ने उहाँले बताउनु भयो । त्यो भएमा हिनामिना भएको रकम फिर्ता हुन सक्ने प्रहरीको भनाई छ । विश्वभर यस्तो धन्दा चलेको र पछिल्लो समय नेपालमा पनि यस्ता घटना दिनप्रतिदिन हुने भएकाले सचेत रहन प्रहरीले सबैमा आग्रह गरेको छ । ह्याकरहरुले पैसाको अवैध् कारोबारसंगै म्यासेन्जर च्याटमा हुने हुने कुराकानीको आधारमा ब्ल्याकमेलिङ गर्न सक्ने भएकाले आवश्यक भन्दा अरु कुरा म्यासेन्जमा नगर्न समेत जानकारहरु सुझाउँछन् । अनलाइन गेम खेल्ने, आफ्नो आइडी जुन पायो त्यही डिभाइसबाट चलाउन, अनावश्यक एपमा आफ्नो जिमेल र फेसबुक गर्दा फेसबुक ह्याकरले फेसबुक ह्याक गर्ने समस्या धेरै हुनाले फोन सम्पर्क पछि मात्र पैसा पठाउने जस्ता काम गर्न आग्रह गरेका छन ।












