कांग्रेसका कार्यकर्ताद्धारा ८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

प्रकाशित मिति:

काठमाडौं । कोरोना भाइरसको दोस्रो चरणको प्रभाव स्थानय स्तरसम्म फैंलदै गएको सन्दर्भमा रामेछापको दोरम्बाको गाउँपालिकाका ७ ओटै वडाका स्वास्थ्य चौकीमा विविध स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जेठ २८ गते शुक्रवार नेपाली काँग्रेसका नेता एवं समाजसेवी मानबहादुर लामासहित नेपाली कांग्रेसका सकृय कार्यकर्ताहरुको टोलीले दोरम्बाको गाउँपालिकाका ७ ओटै वडाका स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

दोरम्बा गाउँपालिकाको वडा नं ४ गौश्वाराबाट सुरु गरेको हस्तान्तरण कार्यक्रममा सातै ओटा वडामा रहेको स्वास्थ्य चौकीमा २ ओटा अक्सिजन सहितको सिलिन्डर, २ ओटा बेड, माक्स , डिस्पेन्सर ,सेनिटाइजरलगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । नेपाली काँग्रेसका नेता एवं समाजसेवी मानबहादुर लामाको आर्थिक सहयोग र नेपाली कांग्रेसका सकृय कार्यकर्ताहरुले जम्मा गरेको पैसा समेत गरेर झन्डै ८ लाख बराबरको स्वास्थ्य सामग्री खरीद गरि दोरम्बा पालिकाको ७ ओटै वडाका स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

दोरम्बा गाउँपालिकाको वडा न ७ स्थित थापागाउमा वडा अध्यक्ष रेम थापा मगर , स्वास्थ चौकी इन्चार्ज सिमन राय भिमेस्वर मा बि थापागाउका प्रधानाध्यापक सुन्दर श्रेष्ठ त्यसैगरी उपस्वास्थ चौकी इन्चार्ज भोलानाथ ढुङेल कालिका उच्च मा बि रिस्ठे त्यसैगरी वडा न ५ गुन्सालका वडाध्यक्ष गङ्गा बहहादुर तामाङ , वडा न ४ गौश्वारा स्थित पासेवन स्वास्थ चौकिका इन्चार्ज भुपाल लामा , वडा नं ३ स्थित स्वास्थ्य चौकी टोकरपुरमा वडाध्यक्ष लाल बदन मगर, दोरम्बा गाउँपालिका स्वास्थ्य प्रमुख कमल भट्टराई र स्वास्थ्य चौकी टोकरपुरमा कार्यरत अनमी अप्सरा ढुङगेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । साथै वडा नं। ३ मा रहेको सबै विद्यालयलाई मास्क पनि वितरण गरेको छ ।