सुरेश परियार,जेठ ३० गते-कोरोना कहरको बेला रगतको अभाब हुन नदिन रुपन्देहीमा विभिन्न संघसस्था तथा क्लबहरुको समन्वयमा रगत संकलन कार्यले तिव्र पाएको छ ।आज पनि सैनामैनामा रहेको दुधराक्ष युवा क्लबको आयोजनामा बृहत रक्तादान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटि रुपन्देही जिल्ला शाखाको प्राविधिक सहयोगमा ७५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक किरन पोख्रेलले जानकारी दिए ।
सैनामैना वडा न.६ कलौनीमा भएको कार्यक्रम दुधराक्ष युवा क्लबका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षता,सैनामैना वडा न.६का वडा अध्यक्ष बसन्त पाण्डेको प्रमुख आतिथ्यता तथा समाजसेवी चेतनारायण न्यौपानेको आतिथ्यतामा रहेको थियो । कार्यक्रममा सैनामैना वडा न.६का वडा अध्यक्ष बसन्त पाण्डेले नगरपालिकाले क्लबलाई निरन्तर साथ र सहयोग गर्ने र रक्तदान जस्तो पवित्र कार्य गरेको प्रति कृतज्ञता ब्यक्त गरे ।रगत अभावका कारण कसैले मृत्युुबरणबरण नहोस भन्ने उदेश्यले नियमित तथा आकस्मिक रक्तदान गरिदै आएको क्लबका प्रेम थापाले जानकारी दिए ।रक्तदान कार्यक्रमको सञ्चालन भने सचिब मदन थापाले गरेका थिए ।











