जनताको सारथी बन्दै वडा अध्यक्ष रफिक खाँ,तिरपाल र स्वास्थ्य सामाग्री वितरण गरे

प्रकाशित मिति:

सुरेश परियार- रुपन्देहीको मायादेवि वडा न.३का वडा अध्यक्ष माम्हमत रफिक खाँ जनताको सारथीको रुपमा अघि बढेको पाइएको छ ।जनताको माग र आवश्यकता अनुसार विकास निर्माणमा तल्लीन रहेका वडा अध्यक्ष माम्हमत रफिक खाँ महामारी र विपतको बेला जनताको दैलोमा समस्या बुझदै समाधानका लागी पहलमा खटिएको पाइएको हो । निर्वाचनका बेला गरेका बाचा पुरा गर्न सधै वडा अध्यक्ष रफिक खाँ जनताको साथमा रहेका छन् ।

कोरोना भाइरसका कारण देशमा जारी निषेधाज्ञाका कारण विपन्न परिवारको चुलो बाल्न राहत स्वरुप पहिलो चरणमा खाधन्न समेत वितरण गरिसकेका छन । यस्तै,केही दिन अघि महामारीको बेला अग्रभागमा रहेर काम गर्ने प्रहरी सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण वडा माम्हमत रफिक खाँले वितरण गरेको छन् ।इलाका प्रहरी कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय बेथरीलाई मास्क,सेनेटाइजर,ग्लब्स लगायतका सामाग्री सहयोग गरेका छन् ।केही दिन देखि निरन्तर परेको अविरल वर्षाले गर्दा अति विपन्नको परिवारको घरमा छानो चुहिन थाले पछि वडा अध्यक्ष माम्हमत रफिक खाँले तिरपाल बडेको छन् । मायादेवि वडा न.३का २५ अति विपन्न घरपरिवारलाई तिपाल वितरण गरिएको वडा अध्यक्ष खाँले बताए । राहत स्वरुप तिरपाल पाएसंगै अति विपन्न परिवार हौसिएका थिए ।

जनताको समस्या समाधान गर्न आफु सधै प्रतिबद्ध रहेको वडा अध्यक्ष माम्हमत रफिक खाँले बताएका छन् ।भौतिक पुर्वाधार संग सामाजिक क्षेत्रमा पनि आफुहले उल्लेखी प्रगति गरेको दावि गर्दै निर्वाचनको बेला जनता समक्ष बाचा गरेको योजना पुरा गर्ने दृढता समेत ब्यक्त गरे । ाफुलाई समस्या परे तुरुन्त वडा अध्यक्षलाई खवर गर्न वडाबासीलाई आग्रह समेत वडा अध्यक्ष खाँले बताए ।