१९ असार,कञ्चन- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड अपनाई भौतिक रुपमै बिधालयमा शिक्षण सिकाई गर्ने वातावरण मिलाइदिन भन्दै जिल्ला प्रशासन कार्यलय रुपन्देहीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्याब्सन जिल्ला समिति मार्फत रुपन्देही जिल्ला प्रशासन कार्यलयमा शुक्रवार बुझाइएको ध्यानाकर्षण पत्रमा बिश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोश्रो लहरका कारण सम्पुर्ण क्षेत्रसंगै शिक्षा क्षेत्र अझ बढी प्रभाबित भई अस्त व्यस्त बनेको र स साना बालबालिकाहरु पढाईबाट बञ्चित हुनु परेको जसले गर्दा बिधार्थीहरुमा दीर्घकालिन नकारात्मक मनोबैज्ञानिक,मनोसामाजिक असर देखा पर्न थालेको अवगत गराउदै भौतिक रुपमै शिक्षण सिकाई गर्ने वातावरण मिलाईदिन आग्रह गरिएको छ।
ध्यानकर्षण पत्रमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको निर्देशन अनुसार २०७८ असार १ गते देखि बिधार्थी भर्ना कार्यक्रम संचालन गर्ने र बैकल्पिक माध्यमबाट सिकाई सहजिकरण गर्ने भनि निर्देशन अनुरुप प्याब्सन रपन्देही आवद्ध २५४ सदस्य बिधालयहहरुले पनि उपलब्ध श्रोत साधनलाई अधिक्तम उपयोग गरी बैकल्पिक माध्यमबाट शिक्षा प्रदान गर्दै आएको समेत उल्लेख गरिएको छ।
प्यावसन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल र सचिव लक्षमण ज्ञवालीद्वारा संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्रमा रुपन्देही जिल्ला भौगोलिक रुपमा सबै ठाउमा इन्टरनेटको उपलब्धता नभएको र सबै अभिभावकहरुसंग स्मार्ट फोन,ल्यापटप तथा मोवाइल समेत नभइरहेको अवस्थामा बैकल्पिक माध्यमबाट संचालन गरिएको शिक्षण सिकाई प्रभावकारी हुन नसकेको अवस्थामा जनस्वास्थ्य कार्यलय रुपन्देहीको तथ्यांकमा समेत कोरोना संक्रमण दर दिन प्रतिदिन न्युन भइरहेको देखाएको र स्थानियतहरुमा समेत कोरोना संक्रमण अवस्था न्युन हुदै गइरहेकोले स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्डहरुलाई कडाईका साथ पालना गर्न गराउने गरी बिधालयमा भौतिक रुपमै बिधार्थीहरुको सहभागिता गराई शिक्षण सिकाई गर्ने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यलय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामांग समक्ष अनुरोध गरिएको छ।
यस्तै ध्यानाकर्षण पत्रमा शिक्षकहरु विद्यार्थीको प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकोले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन रुपन्देहीले आफ्ना शिक्षक–कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन र संस्थागत बिधालयहरुमा कार्यरत शिक्षक कर्मचारी हरुलाई कोभिड १९को संक्रमणका कारण दैनिक जिवन यापन गर्न कठिन भइरहेकोले राहतको व्यबस्था समेत अनुरोध गरिएको छ। यसैगरी सेनेटरी प्याड, सेनिटाइजर, माक्स लगायत स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउदा संस्थागत र सामुदायिक बिधालयहरुमा कुने बिभेद नगरी समानरुपमा हरेक सुबिधाहरु सहज र सरल रुपमा उपलब्ध गराउन समेत ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ।












