बाथरुम गएकी किसोरी नआएसी

प्रकाशित मिति:

कञ्चनपुर भीमदत्त नगरपालिका-१८ मा भाडामा बस्दै आएकी अन्दाजी १४ वर्षीया किशोरी बी क्षेत्री (नाम परिवर्तित) बिहीबार राति अचानक कोठाबाट बाहिरिइन् । आमासँगै सुतेकी ती किशोरीलाई आमाले कता जान्छस् भन्दै प्रश्न गर्दा उनले भनिन्, ‘बाथरुम जान्छु मम्मी ।’ तर, ती किशोरी लामो समयसम्म नफर्किएपछि आमा उनको खोजीमा गइन् ।उनले नजिकैको कोठामा भाडामा बस्ने एक किशोरसँग शारीरिक सम्बन्ध राखेको प्रत्यक्ष देखिन् । स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत गर्ने अन्दाजी १५ वर्षका सी डगौरा (नाम परिवर्तित) किशोरसँग छोरीलाई रक्ताम्मे अवस्थामा भेटाइन् ।

रक्ताम्मे सँगैको दृश्य देख्दा आमाले तुरुन्त लाठी चलाउन सुरु गरिन् । उनको मरणासन्न कुटाइबाट किशोर घाइते भए । किशोरीकी आमाको कुटाइबाट डगौराको टाउको, घाटी र छातीमा चोट र किशोरीको पिठ्युँमा चोट रहेको प्रत्यक्षदर्शीले बताए ।ती किशोरले रातिको ३ बजे घरमा फोन संवाद गरे । उक्त घटनाका बारेमा छिमेकी कोठामा बसेकाले समेत थाह पाए । सबै जम्मा भए । किशोरको अवस्था गम्भीर भएपछि कैलालीको धनगढी उपचारका लागि लगिएको एक प्रत्यक्षदर्शीले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार सो राति अरूको उपस्थिति हुन नपाएको भए घटनाले अर्कै रूप लिन सक्थ्यो ।तर, घटनामा घरमा बस्ने सबैको उपस्थितिले सम्भावित दुर्घटना हुनबाट जोगिएको हो । किशोर उपचारपछि आफ्नो घर फर्किसकेका छन् । किशोरको सिटी स्क्यान रिपोर्ट भने आउन बाँकी छ । आपसी हिमचिम र समझदारीमा सम्पर्कमा रहेका उनीहरूको सम्बन्धको दृश्यको अवस्थाले धेरैलाई चकित बनाएको छ । समाजमा व्याप्त समस्यालाई लिएर ती किशोरीको भविष्य कस्तो रहला भन्नेमा जानकारहरू चिन्तित देखिएका छन् ।

सोही राति उक्त क्षेत्रमा पुगेका अर्का प्रत्यक्षदर्शीका अनुसार भाडा बढाई केही रकम तिरेर उक्त अवस्था साम्य पारिएको छ । किशोरले कोठा खाली गरेर आफ्नो घर फर्किसकेका छन् । किशोरी र उनका आमा भने सोही घरमा छन् । घटनाको बारेमा प्रहरीलाई भने जानकारी नदिएको स्थानीयहरूले बताएका छन् । किशोरीको आमा र छोरी मात्र घरमा रहेको स्थानीयले बताए ।एक महिना पहिले उक्त घरमा डेरामा बसेका ती किशोर र किशोरी बीच आपसी हिमचिम बढेपछि म्यासेजरमार्फत् राति कोठामा भेटिएका उनीहरू फसादमा परेको स्थानीयहरू बताउँछन् । #साभार