पाल्पा, रामपुर नगरपालिकाले विशेष क्षमता भएका व्यक्तिहरुका लागि एक दिने मैनबत्ती बनाउने तालिम सम्पन्न गरेको छ । मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका भित्रका १० वटै वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि मैनबत्ती बनाउने तालिम सम्पन्न गरेको हो।
विशेष क्षमता भएका व्यक्तिहरुका लागि एक दिने मैनबत्ती बनाउने कार्यक्रमको उदघाट्न गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख रमण बहादुर थापाले शारीरिक बनावटले भन्दापनी काम गर्ने इच्छाशक्तिले व्यक्तिलाई सफलता दिलाउने बताउदै नगरपालिकाले अपाङ्ग मैत्री कार्यक्रमहरु ल्याएतापनी कोभिड(१९ का कारण सबै कार्यक्रम गर्न नसकेको बताउनुभयो। उहाले तालिममा सहभागी सम्पूर्णलाई उर्जाका साथ सिप सिक्न भन्दै आगामी दिनमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित कार्यक्रम अगाडि सार्ने आश्वासन दिनुभयो।












