कञ्चनमा १२ बर्षिय बालिकालाई बलत्कार गर्ने एक पुरुष बिरुद्ध मुद्धा चलान

प्रकाशित मिति:

१ भदौ,कञ्चन- रुपन्देही कञ्चन गाउपालिकामा बालिका बलत्कारको आरोपमा एक पुरुषलाई मुद्धा दायर गरिएको छ। गत साउन ३० गते कञ्चन गागपालिकाबवडा नं।४ बेलडाडाकी १२ बर्षिय एक बालिकालाई लामो समय देखि ललाई फकाई गरि बलत्कार गर्दै आएका सोही स्थान बस्ने अन्दाजी बर्ष ५४/५५ का नेत्र बहादुर कुवँरलाई आवस्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।

बलत्कार कार्यमा संलग्न भनिएका कुवँरलाई पिडित बालिकाले आफुलाई ललाई फकाई गरि बलत्कार गर्दै आइरहेको बताए पछि स्थानियहरुले ईलाका प्रहरी कार्यलय,रुद्रपुरको समन्वयमा ईलाका प्रहरी कार्यलय,सालझण्डीमा बुझाइएको कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य गिता थापाले जानकरी दिइन।

बालिका बलत्कारमा संलग्न कुवरले आफुले विभिन्न समयमा ललाई फकाई गरि यौन दुर्व्यवहार गरि बलत्कार समेत गरेको स्विकारे पछि निजलाई आवस्यक कार्बाहीका लागि म्याद थपी मुद्धा चलाइएको ईलाका प्रहरी कार्यलय,सालझण्डीका प्रहरी निरिक्षक दिवाकर रिजालले जानकारी दिएका छन।