सुनगाभाले गर्यो ९१ जना बिपन्न तथा जेहेन्दार बिधार्थीलाई शैक्षिक सामग्री र राहत

प्रकाशित मिति:

१२ भदौ,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकामा प्रधान कार्यलय बनाई मानव बेचबिखन, मानसिक स्वास्थ्य, महिला हिंसा, मानव अधिकार लगायत बिभिन्न सामाजिक सेवा क्षेत्रमा कार्य गर्दै आइरहेको सुनगाभा सामुदायिक बिकास केन्द्रले शुक्रवार आर्थिक अवस्था कमजोर भई बिधालय शिक्षाबाट बञ्चित हुन सक्ने कञ्चन र गैडहवाका बिपन्न तथा जेहेन्दार बिधार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ।कञ्चनका ५७ जना र गैडहवाका ३४ गरी ९१ जना बिधार्थीहरुलाई उक्त शैक्षिक सामग्री बितरण गरिएको हो भने कोरोना भाइरसका कारण प्रभाबित कञ्चन १६ र गैडहवाका ११ जना बिपन्न घर परिवारहरुलाई राहत बितरण गरेको छ।यसैगरी सुनगभा सामुदायिक बिकास केन्द्रले कोभिडबाट प्रभाबित कञ्चनका ६ जना र गैडहवाका ६ जना गरी १२ जनालाई जनही १० हजारका दरले १ लाख २० हजार रुपैया आर्थिक सहयोग गरेको छ।

शैक्षिक सामग्री तथा राहत बितरण गर्दै कञ्चन गाउपालिका वडा नं। ५ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद अधिकारीले कोभिड १९ बाट प्रभाबित घर परिवारहरुलाई राहत बितरण गरेर मानबिय सेवामा आफ्नो पहिचान बनाउ सफल सुनगाभा सामुदायिक बिकास केन्द्र यस क्षेत्रको महत्वपुर्ण समाजिक संस्था भएको उल्लेख गरे । रुपन्देहीका बिभिन्न स्थानिय तहहरुलाई कार्यक्षेत्र बनाएर मानव अधिकार,महिला हिंसाका बिरुद्ध,मानसिक स्वास्थ्य तथा हरेक पक्षबाट पछि पारिएका समाज र परिवारलाई उनिहरुको पहुंच र क्षमता बिकास गर्न सामाजिक कृयाकलाप संचालन गर्दै आउनु सामान्य बिषय नभएको समेत वडा अध्यक्ष अधिकारीले बताए ।

युनाइटेड मिसन टु नेपाल र स्ट्रोम फाउण्डेस नेपालको सहयोगमा बितरण गरिएको कार्यक्रममा रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दिननाथ आचार्यले बिपदमा परेका ब्यक्तिहरुलाई राहत बितरण गरेर आंशिक रुपमा भएपनि सुनगाभाले उद्धार गर्न सफल भएको बताए ।यस्तै आर्थिक तथा बिभिन्न समस्याका कारण बिधालय शिक्षाबाट बञ्चित हुन सक्ने बिधार्थीहरुलाई शैक्षिक सामग्री दिएर उनिहरुलाई पढ्न उत्साहित गरेकोमा आयोजक संस्था सुनगाभा सामुदायिक बिकास केन्द्रलाई धन्ययवाद व्यक्त गर्नु भएको थियो ।संस्थाका उपाध्यक्ष केशर बहादुर खत्रीको स्वागत तथा अध्यक्ष सुमित्रा बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रम कञ्चन ४ दियो बजारमा रहेको सामुदायिक हलमा भएको थियो भने गैडहवामा गैडहवा गाउपालिका वडा नं। ८ का वडा अध्यक्ष भुवन बहादुर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।