१३ भदौ,कञ्चन- ११ गते अबिरल रुपमा परेको बर्षाका कारण बाढीले घर बगाएका कञ्चनका पिडित परिवाहरुलाई जिल्ला प्रशासन कार्यलय,रुपन्देही राहत बितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गले रुपन्देहीको कञ्चनमा आएर पुर्ण रुपमा क्षति भएका १५ घर परिवार आंशिक रुपमा क्षति भएका ५ घरपरिवालाई राहत बितरण गर्नु भएको हो ।
इलाका प्रहरी कार्यलय,रुद्रपुरमा आयोजना गरिएको राहत बितरणमा प्र।जि।अ। तामाङ्गले बाढीले घर बगाएर पुर्ण रुपमा क्षति भएका १५ घर परिवारलाई जनही १० हजार रुपैयाको दरले १ लाख ५० हजार रुपैया र घर भत्केर आंशिक क्षति भएका ५ घर परिवारलाई जनही ५ हजार रुपैयाको दरले २५ हजार रुपैया उपलब्ध गराउनु भएको हो । आकस्मिक रुपमा तत्काल २० जनालाई राहत उपलब्ध गराइएको भएपनि क्रमश बाढी प्रभाबित घरपरिवारलाई राहत उपलब्ध गराइने प्र।जि।अ। तामाङ्गले जानकारी दिनु भएको छ।











