१४ भदौ,कञ्चन- नेपाली कांग्रेस कञ्चन गाउपालिका वडा नं. १ का बिभिन्न टोलहरुमा टोल भेला सम्पन्न भएका छन। कञ्चन १ को हात्ती बजार,सुन्दरनगर टोल, सानो उकाली टोल, प्रगती रामनगर टोल र बेलभरिया टोल भेला सम्पन्न भएकाछन।कञ्चन १ नेपाली कांग्रेस वडा समितिका सभापति दुर्गा बहादुर भुजेलको सभापतित्वमा सम्पन्न हात्ती बजार टोल भेलाले दुर्गा बहादुर बि।क।को सभापतित्वमा ३३ सदस्यिय नेपाली कांग्रेस हात्ती बजार टोल समिती गठन भएको छ भने लिल बहादुर गुरुंगको सभापतित्वमा ३९ सदस्यिय नेपाली कांग्रेस सुन्दर नगर टोल समिति गठन भएको छ ।
हात्ती बजारटोल भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि खगनाथ पराजुलीले नेपाली काग्रेस पार्टी मात्रै यस्तो पार्टी हो जसले कामको आधारमा सम्मान र भुमिका दिन्छ ।तपाईंहरुको यो सक्रिय सहभागिताले नेपाली कांग्रेस बलियो र लोकतान्त्रिक समाबेसितामा थप टेवा पुर्याउने र यस क्षेत्रका गाउँ गाउँमा किसानहरु गरिब विपन्न बाहुन, क्षेत्री, आदिबासि, जनजाति, दलित, महिला, मधेसीहरुको समग्र आर्थिक बिकास र उन्नतिका लागि नेपाली कांग्रेस पार्टी नै एक मात्र पार्टी भएको दावी गर्नु भएको थियो । कार्यक्रममा कांग्रेस नेता भेलाई मल्लाहले स्थानीय निर्वाचनमा म नेकपा एमाले भए पनि सो पार्टीको स्थानीय सरकारले जनतालाई झुक्याउने र झुटको खेती मात्र गरेका कारण आफु नेपाली कांग्रेसको सदस्य भएको बताए। नेकपा एमालेले गरिब बिपन्न बर्गका लागि भनेर आउने राहत र सोलार सुबिधाको सामान्य सामान समेत वडाका जनप्रतिनिधि तथा कर्मचारीले मनोमानी गरेको कांग्रेस नेता मल्लाहले आरोप लगाए ।यस्तै कांग्रेसका नेता यम बहादुर कार्कीले नेपाली कांग्रेस आम नेपाली जनताको बास्तविक नेतृतव गर्ने पार्टी भएको बताउनु भयो ।
चित्र लाल तुलाचनको संचालनमा सम्पन्न कार्यक्रममा वडा उपसभापति सुख्खु मल्लाहले स्वागत स्वागत गर्नु भएको थियो।सुन्दरनगर टोलमा पनि भेला समपन्न
नेपाली कांग्रेस कञ्चन वडा नम्बर १ सुन्दरनगर टोलको भेला समपन्न भएको छ। वडा सभापति दुर्गा बहादुर भुजेलको सभापतित्व तथा अतिथि जेष्ठ नागरिक नेपाली कांग्रेसका नेता यम बहादुर काउचाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले लिल बहादुर गुरुङको सभापतित्व ३९ सदस्य टोल समिती गठन भएको छ । यसैगरी नेपाली कांग्रेस वडा नं। १ लौसा टोल भेलाले सुरेश कार्कीको सभापतित्वमा १७ सदस्यिय लौसा टोल समिति गठन गरेको छ भने तुल बहादुर छन्त्यालको सभापतित्वमा १७ सदस्यिय नेपाली कांग्रेस सानो उकाली टोल समिति गठन भएको छ। भेलालाई सम्वोधन गर्दै जेष्ठ नागरिक तथा नेपाली कांग्रेस का नेता डम्बर बहादुर कार्कीले नेकपा एमालेले बहुमतको दम्भ देखाएर जनतामाथी गरेको झुट खेती टिक्न नसक्ने र अवको नेतृत्व नेपाली कांग्रेसले गर्ने बिश्वास बयक्र गर्नु भएको थियो ।बेलभरिया र प्रगती रामनगरमा टोल भेला सम्पन्न नेपाली कांग्रेस १ प्रगति रामनगर टोल भेला सम्पन्न भएको छ। भेलाले अम्बिका गिरीको सभापतित्वमा १७ सदस्यिय नेपाली कांग्रेस बेलभरिया टोल समिति गठन भएको छ सभापति प्रेम लाल कन्डेल को सभापतित्वमा १३ सदस्यिय नेपाली कांग्रेस प्रगति रामनगर टोल समिति गठन भएको छ।प्रगति रामनगर टोलमा बिशाल पौडेलको सभापतित्वमा ९ सदस्यि नेपाल तरुण दल समेत गठन भएको नेपाली कांग्रेसका चित्र तुलाचनले जानकारी दिनु भएको छ।











