अविरल बर्षाका कारण गैडहवातालबाट ३० रुपैया भन्दा बढीको माछा बगायो

प्रकाशित मिति:

१४ भदौ,कञ्चन- गत बिहिवार सम्म लगातार भदौरे भरीका कारण रुपन्देहीको गैडहवातालको माछा बगाएर ३० लाख रुपैया नोक्सान भएको छ । माछा ब्यबसायी शैलेन्द्र कुमार पासवानले तालमा बाढी पसेर ओभरफ्लो भई बाढीसंगै माछा बगाए पछि ३० लाख रुपैया भन्दा बढी नोक्सान भएको जानकारी दिनु भएको छ।
तालमा राखिएको दुईवटा फाटकबाट समेत बाढी ठेग्न नसकेपछि ओभरफ्लो भई १ किलो देखि ३ किलो सम्मको हजारौं माछा बगाएको माछा ब्यबसायी पासवानले जानकारी दिनु भयो ।तलको उत्तर तर्फबाट आएको नहर र पश्चिम तर्फको कंक्रित पिलर सहितको तारजाली बगाएका कारण पनि ताल भित्र रहेका माछाहरु भागेको र स्थानियहरुले छोपेर बोरा बोरामा लगेको पासवानले बताए ।

भदौको अन्ततिरबाट माछा निकाली बजारमा लैजाने तयारी भइरहेको समयमा एककासी झरीका कारण बाढीले माछा बगाउदा कम्तीमा ३० देखि ३५ लाख रुपैया बराबरको नोक्सान ब्यहोर्नु पर्ने बाधयता आइपरेको गैडहवा तालका ठेकेदार तथा माछा ब्यबसायी शैलेन्द्र कुमार पासवानले दुखेसो ब्यक्त गर्नु भएको छ। बाढीले बगाएको माछा मार्न स्थानियहरु गैडहवाताल वरीपरी छपक्कै भरिएका थिए ।