स्थापनाको २७ औं बार्षिक उत्सवमा सुनगाभाले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्दै
१२ भदौ, कञ्चन-रुपन्देहीको कञ्चनमा संचालित सुनगाभा सामुदायिक विकास केन्द्रे आफ्नो स्थापनाको २७ औं बार्षिकीमा असोज १३ गते खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ। हरेक बर्ष सामाजिक लेखा परिक्षण सहित बिभिन्न कार्यक्रमहरु संचालन गरेर बार्षिक उत्सव मनाउदै आएको सुनगाभाले आफ्नो स्थापनाको २७ औं बार्षिक उत्सवमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
बिगत २७ बर्ष देखि स्थानिय सरकारी, गैरसरकारी संस्था तथा अन्तराष्ट्रिय गैरसरकारी साझेदार संस्थाहरु संगको आर्थिक सहयोग तथा समन्वयमा मानव बेचबिखन बिरुद्धको सचेतना कार्यक्रम, मानसिक स्वास्थ्य, लैंगिक हिंसा, मानव अधिकार, सेवा प्रदायक संस्था र त्यसका प्रतिनीधिहरुको क्षमता अभिबृद्धी अभिमुखिकरण तथा तालिम, किशोर किशोरीहरुको हक अधिकारमा पहुंच लगायतमा शसक्तीकरण मुलक कार्यक्रमहरु संचालन गर्दै आइरेहको सुनगाभाले पछिल्लो पटक बिश्वभर फैलिरहेको कोरोना भाइरसबाट संक्रमित परिवारहरु तथा सेवा प्रदायक संस्थाहरुलाई राहत सामाग्रीको समेत सहयोग गर्दै आएको छ।
असोज १३ गते संस्था स्थापना भएको दिन पारेर संस्थाको कार्यलय परिसर सुनगाभाचौकमा सुनगाभाले असोज १३ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको र उक्त रक्तदान कार्यक्रममा नियमित तथा इच्छुक रक्तदाताहरुलाई रक्तदानका लागि अपिल समेत गरेको छ।रक्तदान कार्यक्रम पश्चात सुनगाभाले बर्षभरी मानव बेचबिखन बिरुद्धको सचेतना कार्यक्रम, मानसिक स्वास्थ्य, लैंगिक हिंसा, मानव अधिकार, सेवा प्रदायक संस्था र त्यसका प्रतिनीधिहरुको क्षमता अभिबृद्धी अभिमुखिकरण तथा तालिम, किशोर किशोरीहरुको हक अधिकारमा पहुंच लगायतमा संचालन गरेका कार्यक्रमहरुको समिक्षामुलक सामाजिक लेखा परिक्षण हुने सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी निर्देशक गोपाल के।सी।ले जानकारी दिनु भएको छ।












