महेश सिंह सिरहा लहान १२ , असोज पार्टीभित्रै नेता कार्यकर्ता गुटगत रुपमा विभाजित हुँदा त्यसले चुनावमा क्षति गर्ने भएकाले सबैले सहमतिको बाटो रोज्नुपर्ने नेपाली काङ्ग्रेसका साविक मौवाही गाउँविकास समिती वडाका पुर्व सभापति र प्रधान पञ्च समेत रहेका देवनारायण यादवले बताउनु भएको छ । बुधवार सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर-१ टोल भौरमा कार्यकर्ता संग अनौपचारिक रुपमा कुराकानी गर्दै यादवले वडा अधिवेशनका लागि नेता कार्यकर्ताले देखाएको उत्साहले महाधिवेशन थप सुनिश्चित हुने उनको बुझाई छ । पालिका र वडा स्तरमा पार्टी कार्यकर्ता भित्रै आपसी मनमुटाव र गुट ( उपगुट अन्तय गर्न पुर्ण रुपमा हामी पहल गरिरहेको यादवले बताउनु भयो ।
सानै उमेर देखि नेपाली काङ्ग्रेसमा सक्रिय रुपमा लागेको करिब ७७ बर्षिय यादव पार्टी भित्र देखिएको मनमुटावलाई त्याग्न सम्पुर्ण कार्यकर्तालाई आग्रह गरे । सखुवानन्न्कारकट्टि ( १ का वर्तमान वडा सभापति बासुदेव यादवको अनुपस्थितीले मलाई धेरै दुस्ख लागेको छ उनले बैठकमा भने । बैठक आयोजना हुँदा कुरा सुन्न पनि आउनुपर्छ भन्दै उनले भने पार्टी भित्र आपसी मनमुटाव हुन्छ तर त्यसलाई सहज रुपमा लिनुपर्छ । पार्टी भित्रमा भएको बिबाद मिलाउन सबैको भुमिका उत्तिकै हुन्छ यदि मिलाउन नसके पर्टिको अपुरणिय क्षती हुन्छ यादवले भने । काङ्ग्रेसको वडा , नगर , गाउँपालिका लगायत सबैतहको अधिवेशन नजिक आउदै गर्दा उहाँले काङ्ग्रेस पार्टी जनताको हितकारी पुरानो पार्टी भएकोले एकजुट हुन सम्पुर्ण जमसमुदायमा आग्रह गरे ।
पार्टी बाट प्रधानपन्च देखि पटक ( पटक सभापति बनेका यादवको सोच अहिले पनि नयाँ रहेको छ । पार्टीको अधिवेशन नजिक आउदै गर्दा उनले सम्पुर्ण कृयाशिल कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका छन् । वडाको प्रधान पन्च देखि नेपाली काङ्ग्रेसको पुरानो सकृय नेताको यादव परिचीत छन् । पुरानो मान्छे भएर समय अनुकूल नयाँ सोच बोकेका यादव वडाको सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ ।











