ख्याल ख्याल गर्दा कञ्चनकी सिता थारुको जान गएको श्रीमानद्धारा स्विकार

प्रकाशित मिति:

१३ भदौ,कञ्चन- रुपन्देहीको कञ्चन गाउपालिकाका सिता थारुको श्रीमान र श्रमिती बिच आपसमा ख्याल ख्याल गर्दा जलेर मृत्यु भएको पुष्टी भएको छ। गत भदौ २५ गते राती सुतिरहेको बेला एक्कासी आगो जलेर मृत्यु भएकी सिता थारु र उनका श्रीमान रञ्जित थारु बिच एक आपसमा ख्याल ठट्टा गर्दा आगोले जलेर घाइते भएको र उपचार गर्दा गर्दै मिसन अस्पतालमा मृत्यु भएको अभियुक्त रञ्जित थारुले अनुसन्धानका क्रममा प्रहरी समक्ष बयान दिएको इलाका प्रहरी कार्यलय,सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिनु भएको छ।

घरमा सधै श्रीमान श्रीमती बिच ख्याल ठट भइरहन्थ्यो, श्रीमतीले सधै म मर्छु भन्थिन, त्यो दिन ९भदौ २५ गते० राती सधै झैं ख्याल ठट्टा भएको थियो,एक्कासी श्रीमती सिता रिसाइन अनि म मर्छु भन्दै घरमा भएको पेट्रोल आफ्नो शरिरमा छर्किन, मैले पनि साच्चै नै मर्ने हौ त भन्दै अलि परैबाट लाइटर जलाएर ख्याल ख्याल गर्दा एक्कासी उनको शरिरमा आगो लागेर उनि जलिनू भन्दै श्रीमान रञ्जित थारुले प्रहरी समक्ष स्विकार गरेको इलाका प्रहरी कार्यलय,सालझण्डीका प्रहरी निरीक्षक रिजालले जानकारी दिनु भएको छ।

अहिले रञ्जित थारुलाई घटनाबारे थप अनुसन्धानका लागि प्रहरीकै नियन्त्रणमा राखिएको र घटनाको थप सत्य तथ्यका लागि घटनाबारे अनुसन्धान भइरहेको ई।प्र।का। सालझण्डीका प्रहरी निरीक्षक रिजालले बताउनु भएको छ।
सिता थारुको गत भदौ ३० गते उपचारको क्रममा मिसन अस्पताल पाल्पामा मृत्यु भएको थियो