बुटवल, देविनगरमा अवस्थित विवान फार्मेसिले आज अन्तर्राष्ट्रिय मुटु दिवसको अवसरमा स्वस्थ्य मुटु, स्वस्थ्य जिवनको कामना गर्दै फर्मेसिको प्राङ्गणमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।फार्मेसिका म्यानेजिङ्ग डाईरेक्टर दीपक ढकालको संयोजकत्वमा भएको कार्यक्रममा स्वस्थ्य मुटुरोगको कारण र त्यसबाट बच्ने उपायहरुको बारेमा चिकित्स्कहरुले आफ्ना भनाईहरु राख्नुभएको थियो । परिवर्तित खानपिन, जीवनशैली एवम सचेतना नै अवस्थ्य मुटुको कारणको विषयमा बक्ताहरुले जोड दिनुभएको थियो ।
दिप प्रज्वलनमा चिकित्सकहरु सन्दिप शाक्य, नरेन्द्र यादव, एन के अर्याल, डाईरेक्टर दीपक ढकाल, फार्मेसिस्ट ईन्दिरा चौधरी, सिएमए सङ्गिता गतराज लगायतको उपस्थिती रहेको थियो । फार्मेसिले अहिले निसुल्क मास्क बाडिरहेको, साझ विभिन्न रोगहरुका स्कुमेन्ट्री प्रदर्शन गर्दै आएको र पाइल्स, हाडजोर्नी, नशा, मुटु, सुगर, बालरोग जस्ता रोगहरुका बिरामिहरुलाई चिकित्सय सेवा प्रदान गर्दै आएको दीपक ढकालले बताउनुभयो ।












