शान्ति समाजद्धारा वृद्धाश्रममा भोजन

प्रकाशित मिति:

बुटवल,  असोज ।३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले वृद्धाश्रममा आश्रीतलाइ भोजन गराएको छ ।समाजले बुटवल २ मा रहेको सिद्धबाबा दुर्गा भवानी शिबकुमारी सैँजू वृद्धाश्रममा ९ पाकापुस्ता० मा रहेका आमा–बुवालाइ शुक्रबार बिहान खाना खुवाएको हो ।

सो अबसरमा बोल्दै शान्ति समाजका रूपन्देही सभापति डिपी खनालले जेष्ठ नागरिकलाइ सम्मानको संस्कृती बिकास गर्न वृद्धाश्रममा भोजन गराएको बताए ।कार्यक्रममा शान्ति समाज रुपन्देहीका उपसभापति मेघराज भट्टराइ ९कृष्ण०,जिल्ला सचिव कपिल ज्ञवाली,सहसचिव कृष्ण पाण्डे,कोषाध्यक्ष धनकला खनाल ९सविता ०,शाखाका पूर्व सचिव तेजेन्द्र केसी लगायत कार्यसमिति सदस्यको सहभागिता रहको थियो ।वृद्धाश्रममा ८ जना बृद्धबृद्धा आश्रित रहेको सिद्धबाबा दुर्गा भवानी शिबकुमारी सैँजू वृद्धाश्रमका ब्यबस्थापक कृष्ण रेश्मीले जानकारी दिए ।